ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निकुञ्जले हात्ती सफारी गर्न अनुमति दिएपछि सौराहाका व्यवसायी खुशी

२०७८ सावन, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन १२, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र भित्र पर्ने सामुदायिक वनमा हात्ती सफारी गर्न अनुमति दिएपछि सौराहाका व्यवसायीमा केही आशा पलाएको छ । 

साउन १ गतेदेखि चितवन प्रशासनले होटल तथा रेष्टुरेण्ट निश्चित मापदण्ड तोकेर खोल्न अनुमति दिएपनि पर्यटक नआउँदा व्यवसायीहरु निराश बनेका थिए । हात्ती सफारी सञ्चालनमा आएपछि पर्यटक गतिविधि बढ्ने भन्दै अहिले उनीहरु खुशी भएका हुन् । 

‘हात्ती सफारी खुलेपछि व्यवसायी, माउते, गाइड, स्थानीय सबैले काम पाउँछन् ।’ यूनाईटेड हात्ती सञ्चालन सहकारी संस्था, सौराहाका अध्यक्ष ऋषि तिवारीले भने । सौराहाको पयार्यवाचीनै हात्ती भएकोले हात्ती बिना सौराहाको कल्पना समेत गर्न नसकिने उनको भनाइ छ । 

हात्ती सफारी सौराहाका पर्यटनको मेरुदण्ड र आम्दानीकोे मुख्य स्रोत भएकोले पनि हात्ती सफारी अपरिहार्य हुने व्यवसायीले बताएका हुन् । 

कोरोनाको दोस्रो लहर शुरु भएपछि बन्द भएको हात्ती सफारी, जीप सफारी र ढुंगा सयर करीब तीन महीनापछि खुला गरिएको हो । पछिल्लो पटक वैशाख १६ गतेदेखि सौराहाको सफारी बन्द भएको थियो । सौराहा होटल रेष्टुरेण्ट सञ्चालनमा आएको १२ दिनपछि सफारी खुल्ला गरिएको हो । सामुदायिक वनमा सफारीको लागि निकुञ्जले टिकट खुल्ला गरेको हो । सौराहा यही साउन १ गतेदेखि ३३ प्रतिशत पर्यटक राख्न पाउने गरी होटलहरु आंशिक रुपमा खुला गरिएको थियो ।

क्षत्रीय होटल संघ, सौराहाका अध्यक्ष दिपक भट्टराई हात्ती सफारी खुलेपछि मात्र सौराहा खुल्यो भन्ने सन्देश अन्तरराष्ट्रिय स्तरमा समेत जाने बताए ।

‘हिजोसम्मपनि सौराहा सुनसान जस्तै लागेको थियो, उनले भने, हात्ती सफारी खुल्ने भन्ने बित्तिकै केही गतिविधि बढेको अनुभव गरेका छौं ।’ हात्ती सफारी खुल्ने वित्तिकै होटलका कर्मचारी, गाइडहरु आउनुका साथै स्थानीय पसल, मासुजन्य व्यवसाय लगायत सबै व्यवसाय चलायमान हुन लागेको उनको भनाइ छ ।

वर्षामा निकुञ्ज भित्र जीप सफारी सञ्चालन नहुने भएपनि सामुदायिक वनमा हात्ती सफारी गर्न पाउँदा सबैलाई राहत मिल्ने उनले बताए । 

हात्ती सफारी खुल्ने वित्तिकै बुकिङ पनि बढ्ने, पर्यटकको बसाई अवधि पनि बढ्ने र चहलपहल पनि बढ्ने रेष्टुरेण्ट एण्ड बार एशोसियसनका रेबानका अध्यक्ष दिेपेन्द्र खतिवडा बताउँछन् । ‘मुख्य गरी हात्ती सफारी गर्न नै सौराहा आउने हो, हात्ती सफारी खुलेपछि मात्रै यहांँ चहलपहल बढ्ने गर्दछ ।’ खतिवडाले भने । सौराहाको विशेषतानै हात्ती सफारी भएकोले आफूलाई खुशी मिलेको उनको भनाइ छ । 

बीसहजारी तालसहित पर्यापर्यटन सञ्चालन गरिरहेका यहाँका बाघमारा मध्यवर्ती सामुदायिक वन, जनकौली मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन र खैरहनीको कुमरोज सामुदायिक वनमा हात्ती सफारी, जिप सफारी र ढुंगा शयरको लागि खुल्ला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

सौराहामा आन्तरिक पर्यटक आउन थालेपछि व्यवसायीहरुको आग्रहका आधारमा मध्यवर्तीभित्रका सामुदायिक वनमा सफारी खुल्ला गरिएको उनले बताए ।

कोरोना महामारीको जोखिम कायमै रहेकाले तत्कालका लागि निकुञ्ज खुल्ला गर्ने अवस्था नरहेको भन्दै उनले अवस्था सामान्य बन्दै गएपछि  वर्षापछि निकुञ्ज खुल्ला गरिने उनले बताए । निकुञ्ज सफारीका लागि बाटो मर्मत गरेर मात्र निकुञ्ज खुला गर्ने योजना रहेको छ । हात्ती सफारीको लागि यहाँ निजी र सरकारी हात्ती झण्डै डेढसयको हाराहारीमा छन् । 

सामान्य  अवस्थामा चितवन निकुञ्जमा वार्षिक करीब २ लाख पर्यटक निकुञ्ज घुम्न आउने गरेका छन् । सौराहाको मुख्य आम्दानीको स्रोत निकुञ्ज र सामुदायिक वनमा सफारी हो । यहाँ घुम्न आएका पर्यटकहरु दुई रात तीन दिनसम्म बस्ने गरेका छन् । सौराहामा १२० भन्दा बढी पर्यटकीय होटल तथा ८५ ओटाको हाराहारीमा रेस्टुरेन्ट छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)