ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिल्ला प्रशासन कार्यालय चितवनबाट २६ हजार बढीले लिए नागरिकता 

२०७८ सावन, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन १३, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट गत आर्थिक वर्ष ०७७/०७८ मा २६ हजार बढीले नागरिकता लिएका छन् । कार्यालयका अनुसार सो अवधिमा वंशजको आधारमा नागरिकता वितरण, प्रतिलिपि नागरिकता र वैवाहिक अंगीकृत नागरिकता वितरण गरी २६ हजार ३४४ जनाले नागरिकता लिएका हुन् । 

जसअनुसार उक्त आवमा १३ हजार १८ वंशजको आधारमा, १३ हजार ३०६ प्रतिलिपि नागरिकता वितरण र २० ओटा वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको थियो । 

कार्यालयले अघिल्लो आव ०७६/०७७ मा सबै प्रकृतिका नागरिकता गरी १४ हजार ९४६ जनालाई नागरिकता वितरण गरेको थियो भने आव ०७५/०७६ मा २२ हजार ७६७ जनालाई नागरिकता वितरण गरेको तथ्यांक छ । हालसम्म कार्यालयमा १५ हजार ६९६ पुरानो नागरिकता अभिलेखिकरण भएको छ । 

कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले कोरोनाका कारण नागरिकता वितरणमा समेत असर परेको बताए । पटक पटकको निषेधाज्ञा र लकडाउनको कारण कार्यालयका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहेकोले नागरिकता वितरण कार्य प्रभावित भएको उनको भनाइ थियो । 

निषेधाज्ञा खुकुलो भएसँगै पछिल्ला दिनहरुमा नागरिकता लिनेको चाप बढ्दै गएको उनले जानकारी दिए । 

राहदानी वितरणमा भारी गिरावट 
नागरिकता वितरणसंँगै राहदानी वितरणमा पनि भारी गिरावट आएको छ । कार्यालयले दिएको तथ्यांक अनुसार गत आवमा ९ हजार ५२८ जनाले राहदानी लिएका छन् । 

यस्तै, अघिल्लो आवमा ९ हजार ९०६ जनाले र आव ०७५/ ०७६ मा १२ हजार ५६७ जनाले राहदानी लिएका थिए । कार्यालयले गत आवमा ८ हजार ४७५ ओटा, अघिल्लो आवमा १० हजार ३६५ ओटा र आव ०७५/०७६ मा १३ हजार ४६७ ओटा राहदानीको साधारण सिफारीश गरेको थियो भने गत आवमा १ हजार १९, अघिल्लो आवमा २ हजार ५४ र आव ०७५/०७६ मा ३हजार ४५ ओटा द्रुत राहदानी सिफारीश गरेको थियो । कार्यालयमा राजस्व तिरिसकेका मध्ये हालसम्म ७ हजार २०६ जनाले राहदानी लिन आउन बाँकी रहेको छ ।

सूचना अधिकारी पौडेलले कोरोनाका कारण अन्तरराष्ट्रिय उडान बन्द हुनुका साथै विदेश जानेको संख्यामा निकै कमी आएकोले राहदानी वितरणमा गिरावट आएको जानकारी दिए । ‘कोरोनाले वैदेशिक रोजगार एवम् शिक्षामा जाने पनि बन्द भयो, उनले भने, अन्तरराष्ट्रिय उडानहरु पनि नियमित चलेनन् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)