ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुध उत्पादनमा औजारीकरण : चितवनका किसानलाइ दूध दुहुने र घाँस काट्ने मेसिन वितरण

२०७८ सावन, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन १५, चितवन । किसानलाई दूध उत्पादनमा औजारीकरण र व्यवसायीकरण गर्न दूध दुहुने मेसिन र घाँस काट्ने मेसिन वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले यहाँका ३८ जना दुग्ध उत्पादक किसानलाई उक्त औजार वितरण गरेको हो । 

किसानहरुलाई वितरण गरिएको दूध दुहुने मेसिन र घाँस काट्ने मेसिनले किसानलाई धेरै सहजता दिलाउने महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताए । 

किसानका सबै माग र आवश्यकतालाई आफूहरुले नीति तथा कार्यक्रममा पारेर पारित गरेर लैजाने उनको भनाइ छ । कृषिको विकासबाट पनि नै महानगरको विकास र समृद्धि हासिल गर्न मदत पुग्ने भन्दै उनले आफूहरु किसानसँग सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताए । 

महानगर प्रमुख रेनु दाहालले कृषिमा आधुनीकिकरण, औजारीकरण र व्यवसायीकरण गरी किसानलाई दूध उत्पादनमा आकर्षित गराउने उद्देश्य सहित औजार वितरण गरिएको बताइन् । 

कृषिमा यान्त्रिकरण र व्यवसायीकरण गर्न महानगर लागिहरेको भन्दै दाहालले उत्पादन लागत घटाउँदै किसानलाई कृषिमा आत्मनिर्भर बनाउनु महानगरको योजना रहेको बताइन् ।

कृषि कर्ममा लाग्ने किसानलाई व्यवसायीकरण गर्न कार्यविधि बनाएर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको  दाहालको भनाइ छ । पहुँचको भरमा अनुदान खाने तर वास्तविक किसानले नपाउने अवस्था सृजना हुन नदिन कार्यविधिले महत्वपुर्ण भुमिका खेल्ने उनले बताइन् । 

युनिक गाई पालन फार्म भरतपुरका किसान एवम् राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालका केन्द्रिय अध्यक्ष आनन्द न्युरेले आफूहरुले धेरै वर्ष पछि बल्ल राहतको अनुभूति गरेको बताए । महानगरका किसानहरुको आत्मबल विकाससँगै किसानलाई यान्त्रिकरण र व्यवसायीकरणमा जोड दिनुपर्ने दायित्व सरकारको रहेको उनको भनाइ थियो । 

महानगरले किसानलाई धान रोप्ने मेसिन, कृषि कर्ममा प्रयोग हुने ट्याक्टर, घासकाट्ने मेसिनदेखि दूध दुहुने मेसिन हस्तान्तरण गरिसकेको छ । हाल महानगरले दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान यसै वर्षदेखि लागू गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)