ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साउन २१ गतेदेखि व्यवसायिक उत्पादन गर्ने तयारीमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

२०७८ सावन, १९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar नवराज शिवाकोटी

साउन १९, दोलखा । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाबाट साउन २१ गतेबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन हुने भएको छ । 

परीक्षणको रुपमा चार ओटा युनिटबाट विद्युत् उत्पादन गरिरहेको आयोजनाबाट साउन २१ गतेदेखि ७६ मेगावाट विद्युत्  व्यवसायिक  रुपमा उत्पादन शुरु हुने भएको हो ।

परीक्षण उत्पादन सफल भएकोले पहिलो युनिटबाट उत्पादीत ७६ मेगावाट विजुलीको साउन २१ गतेबाट व्यवसायिक उत्पादन गर्न शुरु गरिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रबक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले आर्थिक अभियानलाई बताए । प्रबक्ता न्यौपानेका अनुसार साउन १८ गतेबाट चौथो युनिटबाट पनि परीक्षणको रुपमा विद्युत् उत्पादन  शुरु भएको छ ।

चौथो युनिट सञ्चालनमा आएसँगैै हाल राष्ट्रिय प्रसारण लाईनमा माथिल्लो तामाकोशीबाट ३०४ मेगावाट विजुली प्रबाह भएको छ ।  यसअघि पहिलो युनिट असार २१ गते र दोस्रोबाट असार २९ गते  तेस्रो युनिटबाट साउन ८ गते सञ्चालनमा आएको थियो । भदौ महीनाभित्र सबै छ ओटै युनिट सञ्चालनमा आउने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । 

आयोजनाबाट उत्पादीत विद्युत् विद्युतगृहदेखि २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी प्रसारण लाइृनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००/ २२० केभी ढल्केबर सब–स्टेसनसम्म लगिएको छ ।

खिम्ती सब–स्टेशनको काम पनि करीब सकिने अवस्थामा पुगेको प्रबक्ता न्यौपानेको भनाइ छ । ७६ मेगावाट क्षमताका छ ओटा युनिट रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट छ ओटै युनिट सञ्चालन हुँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)