ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यातायात व्यवस्था सेवा कार्यालय चितवनको राजस्व संकलन ५७ करोड

२०७८ सावन, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । यातायात व्यवस्था सेवा कार्यालय, चितवनले आर्थिक वर्ष ०७७/७८ मा करिब ५७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षमा ५६ करोड ९५ लाख ७४ हजार २ रुपैयाँ राजस्व संकलन गरेको हो । अघिल्लो आर्थिक बर्ष ०७६/७७ मा कार्यालयले ४६ करोड ५३ लाख ६९ हजार २ सय ६ रुपैयाँ संकलन गरेको थियो ।

कार्यालयले ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको भए पनि निषेधाज्ञाका कारण कर संकलन अपेक्षाकृत हुन नसकेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड–जरिवाना, सवारीसाधन कर र सवारी दस्तुर शीर्षकबाट कर संकलन गर्दै आएको छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी सवारीसाधन करबाट ४९ करोड ८६ लाख ७४ हजार २ सय ९४ रुपैयाँ राजस्व संकलन गरेको छ भने सबैभन्दा कम प्रशासनिक दण्ड–जरिवानाबाट ६ लाख ३९ हजार ८६५ रुपैयाँ कर संकलन गरेको छ ।

यस्तै, यातायात क्षेत्रको आम्दानीबाट ५ करोड १० लाख ८७ हजार ९ सय ६२ रुपैयाँ राजश्व संकलन गरेको छ भने सवारी दस्तुरबाट १ करोड ९१ लाख ७१ हजार ८ सय ८१ रुपैयाँ संकलन भएको बताएको छ ।

कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले निषेधाज्ञाका कारण वैशाख १६ देखि असार १६ गतेसम्म दुई महिना कार्यालय बन्द भएकाले कर संकलन अपेक्षित रूपमा नभएको बताए ।

‘दुई महिना राजस्व संकलन शून्य नै भयो । कतिपय जिल्लामा गत वर्षबाटै सेवा कार्यालय स्थापना भए’, उनले भने, जुन प्रदेशमा सवारीसाधन दर्ता भयो, त्यही मात्र कर तिनुपर्ने नियम लागू भयो ।’

चितवन देशकै केन्द्रबिन्दुमा भए पनि नवलपुरको कावासोती, तनहुँको आँबुखैरहनीलगायत स्थानमा सेवा कार्यालय सुरु भएकाले राजस्व संकलन नबढेको पौडेलले जानकारी दिए । गत वर्षको अन्तिम महिनाबाट सवारीसाधन दर्ता अनुमति पाए पनि त्यो काम सुरु गर्न नसक्दा राजस्व संकलनमा असर परेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)