ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा दूधको उत्पादन घट्यो, खपत बढ्यो 

२०७८ सावन, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन २३, चितवन । निषेधाज्ञा खुकुलो भएसँगै र दूधको माग बढ्दै जाँदा चितवनमा दुधको खपत बढ्दै गएको छ । तर निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैँसी पाल्न कम गर्दा पछिल्लो समय दूधको उत्पादन घटेको किसानहरुले बताएका छन् । 

भरतपुर महानगरपालिका वडा नम्बर ५ का किसान इन्द्रमणी गैरे साउन लागेपछि दूधको खपत अनेपेक्षित रुपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा नत घरवालाले माग्थे नत डेरी पसलनै पूर्णसमय खुल्थे उनले भने, पहिले बजार आफैले लैजादा फर्काउनु पर्थ्यो अहिले उत्तिखेर विक्री हुन्छ ।’ उनले हाल आफ्नो घरमा  दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकोमा सबै दुध विक्री भएको बताए । 

चितवनमा कतिपय किसानले सिधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पुर्‍याउँदै आएका छन् त कतिपय किसानले सहकारी मार्फत दूध विक्री गर्दै आएका छन् । 

भरतपुर महानगरपालिका वडा नम्बर १६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादन नै कम भएको बताउँछन् । ‘अहिले माग त छ दूध उत्पादन छैन उनले भने, निषेधाज्ञा अघि दैनिक ३ हजार लिटर दुध संकलन थियो अहिले १ हजार ५०० लिटर संकलन छ ।’ 

राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपतमात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसान पनि घटे, दूध उत्पादन पनि घट्यो, उनले भने, उत्पादनको तुलनामा खपत बढेपछि विक्री राम्रै जस्तो देखिएको मात्र हो ।’ विशेषगरी साउन महीनामा हिन्दुहरुको चाड पर्व र व्रत वस्ने प्रचलन  भएकोले दूधको खपत बढेको उनले बताए । 

साउन महीना उत्पादन घट्ने र खपत बढ्ने महीना भएको हुँदा पनि दूधको माग र आपुर्तिमा सन्तुलन नभएको हो । चितवनमा अन्य समयमा दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भएपनि हाल करीब ३ लाखको लिटरको हाराहारीमा दूध उत्पादन हुने गरेको छ । 

‘अहिले गाईभैँसी ब्याउने बेला भएकोले उत्पादन कम र खपत बढ्ने महीना पनि हो ।’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने । 

हाल घरघरमै दुधको माग र खपत बढी भएकोले पनि बजारमा दूध अभावजस्तै देखिएको उनले बताए । उनका अनुसार अन्य समयमा चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्लामा पठाउने गरिएपनि यो महीनामा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरिएको छ ।

‘गर्मीको समयमा दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेपछि मानिसको गतिविधि लगायत सबै बढेपछि द्ूधको खपत पनि स्वतः बढ्नेनै भयो ।’ वगालेले भने । 

यसपटकको ४५ दिनको निषेधाज्ञामा मात्र चितवनमा ११ करोड ७ लाख ८१ हजार ३४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेको किसानले बताएका थिए । 

जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध भएका ११० ओटा दुग्ध सहकारी छन् भने यहाँ करीब ४० हजार जना किसानले दूध बेच्ने गर्दछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)