ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिल्ला प्रशासन कार्यालय चितवन : २६ हजारभन्दा बढीले लिए नागरिकता

२०७८ सावन, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनबाट गत आर्थिक वर्ष २०७७/७८ मा २६ हजारभन्दा बढीले नागरिकता लिएका छन् । कार्यालयका अनुसार सो अवधिमा वंशजको आधारमा, प्रतिलिपि र  वैवाहिक अंगीकृत गरी २६ हजार ३४४ जनाले नागरिकता लिएका हुन् । वंशजको आधारमा १३ हजार १८, प्रतिलिपि १३ हजार ३०६ र वैवाहिक अंगीकृत २० ओटा नागरिकता वितरण भएको कार्यालयले बताएको छ ।

कार्यालयले अघिल्लो आव २०७६/७७ मा सबै प्रकृतिका नागरिकता गरी १४ हजार ९४६ जनालाई नागरिकता वितरण गरेको थियो भने आव २०७५/७६ मा २२ हजार ७६७ जनालाई नागरिकता वितरण गरेको तथ्यांक छ । हालसम्म कार्यालयमा १५ हजार ६९६ पुरानो नागरिकता अभिलेखीकरण भएको छ ।

कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले कोरोनाका कारण नागरिकता वितरणमा समेत असर परेको बताए ।  पटक पटकको निषेधाज्ञा र लकडाउनको कारण कार्यालयका अत्यावश्यक बाहेक अन्य सेवा बन्द रहेकाले नागरिकता वितरण प्रभावित भएको उनको भनाइ छ । निषेधाज्ञा खुकुलो भएसँगै पछिल्ला दिनहरूमा नागरिकता लिनेको चाप बढ्दै गएको उनले जानकारी दिए ।

कार्यालयका अनुसार नागरिकतासँगै राहदानी वितरणमा पनि कमी आएको छ । कार्यालयको तथ्यांक अनुसार गत आवमा ९ हजार ५२८ जनाले राहदानी लिएका छन् । अघिल्लो आवमा ९ हजार ९०६ जना र आव २०७५/७६ मा १२ हजार ५६७ जनाले राहदानी  लिएका थिए । कार्यालयले गत आवमा ८ हजार ४७५, अघिल्लो आवमा १० हजार ३६५ र आव २०७५/७६ मा १३ हजार ४६७ ओटा राहदानीको साधारण सिफारिश गरेको थियो । यस्तै गत आवमा १ हजार १९, अघिल्लो आवमा २ हजार ५४ र आव २०७५/७६ मा ३ हजार ४५ ओटा द्रुत राहदानी सिफारिश गरेको थियो । सूचना अधिकारी पौडेलले कोरोनाका कारण अन्तरराष्ट्रिय उडान बन्द हुनुका साथै विदेश जानेको संख्यामा निकै कमी आएकाले राहदानी वितरण घटेको जानकारी दिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)