ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर महानगरपालिका र आर्या बिल्डर्सबीच भरतपुर मेट्रो प्लाजा निर्माण सम्बन्धि सम्झौता

२०७८ सावन, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन २४, चितवन । भरतपुर महानगरपालिका र आर्या बिल्डर्स एन्ड इन्जिनियरिङ प्राली बिच भरतपुर मेट्रो प्लाजा निर्माण र सञ्चालन सम्बन्धि आइतवार निर्माण सम्झौता भएको छ । 

सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्सले निर्माण र सञ्चालन गरी सम्झौताको मितिले तीन वर्षपछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको हो । भरतपुर महानगरपालिका अन्तर्गतको पुरानो तरकारी बजारको जग्गालाई उपयोग गरी बहुउद्धेश्य भवन बनाउन लागिएको हो । 

सो अवसरमा बोल्दै परियोजना निर्माण तथा सञ्चालन सम्झौता लामो समयको निरन्तरको प्रयासपछि सम्पन्न भएको महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

पछिल्लो समय नेपाली समाज सुविधा सम्पन्न मल तथा अपार्टमेन्ट प्रति आकर्षण बढिरहेको बताउँदै यो सुविधा सम्पन्न भरतपुर मेट्रो प्लाजा चितवनको नमूना र गौरवको आयोजना भएको बताइन् । यसलाई सम्झौतामा तोकिएकै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्सलाई आग्रह गरिन् । 

महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले सार्वजनिक निजी साझेदारी मोडलमा यो विशाल परियोजना निर्माणले भरतपुर र समग्र चितवनमै विकासमा आयाम थपिने बताए ।

सम्झौता कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले सम्झौता भएको बहुतले व्यवसायिक भवन चितवनको आर्थिक विकासमा टेवा पुग्ने परियोजना हुने बताउँदै समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले लायन्सचोकमा बन्ने बहुतले भवन चितवनको पहिचान र  परिचयको रूपमा स्थापित हुने बताए सो अवसरमा आर्या बिल्डर्स एन्ड ईन्जिनियरिङका प्रबन्धक जिवन कँडेलले भदौको पहिलो साताबाटै निर्माणको काम अगाडी बढाउने बताउँदै दुई वर्ष भित्रैमा परियोजना सम्पन्न गर्ने गरि कार्ययोजनाका साथ काम अगाडी बढाउने प्रतिवद्धता जनाए  । 

निर्माणाधीन भरतपुर मेट्रो प्लाजा २ तला अन्डर ग्राउन्ड पार्किङ सहित १६ तलाको हुनेछ । ३ लाख २५ हजार बर्ग फिट र ५१ मिटर उचाईको रहनेछ । दुई तला बेसमेन्ट पार्किङको सुविधा हुने भवनमा ५ तारे होटलदेखि सिनेमा हल, फूट कोर्टका साथै व्यवसायिक स्थलहरू हुनेछन् ।

आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्नेछ । भरतपुर महानगरको मुख्य बजार लायन्सचोकमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा १० कट्ठा क्षेत्रफलमा निर्माण हुनेछ । 

परियोजना निर्माण सम्बन्धी विस्तृत सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा र आर्य इन्जिनियरिङका तर्फबाट प्रबन्धक जिवन कँडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । यो परियोजना सञ्चालन गरी ३० वर्षमा महानगरले यो अवधिमा ८१ करोड राजस्व महानगरपालिकाले प्राप्त अनुमान गरिएको  छ ।

२ अर्ब लागतमा निर्माण हुने परियोजना सम्झौता भएको  मितिले ३ वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ भने ३० वर्षपछि महानगरपालिकालाई आर्या बिल्डर्सले हस्तान्तरण गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)