ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय भरतपुर : फर्म दर्ता गर्नेको संख्या घट्दै 

२०७८ सावन, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन २६, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा अघिल्लो आर्थिक वर्ष ०७६/०७७ भन्दा गत आर्थिक वर्ष ०७७/०७८ मा नयाँ फर्म दर्ता गर्ने घटेका छन् । 

अघिल्लो वर्षमा ३९ हजार ६४४ ओटा फर्म दर्ता भएकोमा गत वर्ष घटेर २३ हजार ७३७ मा झरेको हो । कार्यालयले व्यवसायिक अस्थायी प्यान, व्यक्तिगत फर्म प्यान, व्यक्तिगत प्यान र सरकारी प्यान (टीडिएस) शीर्षकमा दर्ता गर्दै आएको छ । 

सबैभन्दा बढी व्यक्तिगत प्यान दर्ता 
कार्यालयमा अघिल्लो आर्थिक वर्ष र गत वर्षको प्यान दर्ताको अनुपातमा सबैभन्दा बढी व्यक्तिगत प्यान दर्ता रहेको छ । 

अघिल्लो वर्ष कार्यालयले ३३ हजार १०८ ओटा व्यक्तिगत प्यान दर्ता गरेकोमा गत वर्ष १६ हजार ५९२ ओटा दर्ता गरेको छ । यस्तै गत वर्ष व्यक्तिगत फर्म प्यान ५ हजार ५८६, व्यवसायिक अस्थायी प्यान १ हजार ३७, सरकारी टीडीएस प्यान १८० ओटा दर्ता भएका थिए । 

यस्तै, अघिल्लो आर्थिक वर्षमा व्यक्तिगत कम्पनी प्यान ५ हजार २५३, अस्थायी व्यवसायीक प्यान १ हजार २५९ ओटा र सरकारी टीडीएस २३ र अन्य एउटा कम्पनी दर्ता भएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका कर अधिकृत शुशील लम्सालले मुख्यतया कोभिडका कारण अधिकांश महीना जिल्लामा निषेधाज्ञा जारी  भएकाले प्यान लिने करदाता को संख्यामा कमी आएको बताए । ‘अघिल्लो वर्ष पनि लामोसमय बन्द भयो उनले भने, गत वर्ष पनि वैशाख दोस्रोबाट पुनः शुरु भयो अहिले पनि जारी नै छ ।’ 

गत वर्षको असोज महीनाबाट चितवनको खैरहनीमा करदाता सेवा कार्यालय सञ्चालनमा आएकोले पनि अघिल्लो वर्षभन्दा गत वर्ष यो कार्यालयबाट सबै प्रकारका प्यान लिनेको संख्यामा कमी आएको लम्सालको भनाइ छ । 

‘झण्डै एक आर्थिक वर्षमा मात्रै ६ महीना निषेधाज्ञा हुँदा पनि यो अनुपातमा प्यान दर्ता हुनुलाई सन्तोषजनक नै मान्नुपर्छ ।’ उनले भने । 

कतिपय व्यवसाय गर्न लागेका इच्छुक व्यक्तिहरुले पनि पर्ख र हेरको अवस्थामा रहेको र दर्ताको काम भौतिक रुपमै कार्यालयमै उपस्थित हुुनु पर्ने भएकोले सबै प्यान शीर्षकमा तुलनात्मक रुपमा घटेका हुन् । 

दर्ता भएका प्यान शीर्षकमध्ये व्यक्तिगत प्यानको हकमा अधिकांश निजी तथा सरकारी कार्यालयका कर्मचारी तथा नियमित ज्यालादारीका लागि यो प्यान अनिवार्य भएकोले व्यक्तिगत प्यानको संख्या बढेको कर अधिकृत लम्सालको भनाइ छ  । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)