ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनाथ बालबालिका जोखिमपूर्ण भवनमा बस्न बाध्य

२०७८ सावन, ३२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिका–५ मा रहेको गौरीशंकर बालगृहमा आश्रित बालबालिका जीर्ण भवनमा जोखिमपूर्ण रूपमा बस्न बाध्य छन् । सरोकारवालाहरूको बेवास्ताका कारण बालगृहमा आश्रित बालकहरू विकल्प नभएपछि जोखिमपूर्ण भवनमै बस्न बाध्य भएका हुन् ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको भवनको पुनर्निर्माणका लागि हालसम्म पनि केन्द्रीय बाल संगठन तथा अन्य सरकारी निकायबाट पहल हुन सकेको छैन । भवन निर्माण नहुँदा आश्रित बालबालिका जोखिममा रहेको नेपाल बाल संगठन जिल्ला कार्य समितिका सभापति रामप्रसाद सापकोटाले बताए । आफू बाल संगठनको जिल्ला सभापति भएपछि पुनर्निर्माण प्राधिकरण, संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न निकायमा पत्राचार गरिरहेको, तर कतैबाट पनि सहयोगको आश्वासन समेत नआएको उनको भनाइ छ ।

स्थानीयवासीको पहलमा करीब ९० रोपनी जग्गाको व्यवस्थापन गरी २०५३ सालमा नेपाल बाल संगठनले सञ्चालन गर्नेगरी आधुनिक भवनसहित गौरीशंकर बालगृहको स्थापना गरिएको  थियो । भूकम्पले भवन चर्किएपछि ठूलो पानी पर्दा तथा भूकम्पको सानो धक्का जाँदा समेत आफूहरू त्रसित हुने गरेको बालगृहका आश्रित ऋतिक सुनुवारले बताए । खाने बस्ने सुविधा राम्रै भए पनि जीर्ण भवनका कारण डरैडरमा बस्नुपरेको उनको गुनासो छ । ‘जिल्लाका जीर्ण सरकारी भवनहरूको पुनर्निर्माण भइरहेको छ ।

तर अनाथ बस्ने भवनमा कसैको चासो छैन,’ स्थानीय छवीन्द्र चौलागाईले भने ।

केन्द्रीय बाल संगठन अन्तर्गतको बालगृह भएकाले यसको भवन निर्माण गर्ने मुख्य दायित्व संघीय सरकारको भएको भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसीले बताए । नगरपालिकाले बालगृहको हल तथा भान्साघरको प्रबलीकरण गरिदिएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)