ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ करोड लगानीमा गैँडाकोटमा ‘किसान मार्ट’ सञ्चालनमा आउँदै 

२०७८ भदौ, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ ३, चितवन । नवलपरासीको गैँडाकोटमा पाँच करोडभन्दा बढीको लगानीमा किसान मार्ट सञ्चालनमा आउने भएको छ ।

गैँडाकोट नगरपालिका वडा नम्बर ४ मा रहेको गैँडाकोट एग्रोमार्ट परिसर भित्र ३ हजार ७०० वर्गमिटर को भवनमा किसान मार्ट सञ्चालनमा आउन लागेको हो ।

स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्दै विशेष गरी युवालाई स्वरोजगार दिने उद्देश्यले उक्त मार्टको अवधारणा अघि सारिएको हो । 

किसान बचत तथा ऋण सहकारी संस्थाले प्रबर्द्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालन गर्न लागिएको  किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिए  । 

उनका अनुसार भदौ महीनाको दोस्रो सातमा औपचारिक रुपमा मार्ट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । मार्टमा दैनिक उपभोक्ताका सामान, स्थानीय कृषि उत्पादन लगायतका उत्पादन राखिने चालिसेले बताए । मार्टबाट नारायणगढ तथा नवलपुरका उपभोक्ताले बढी लाभ लिन सक्ने उनको भनाइ छ । ‘हाम्रोमा दैनिक उत्पादन र कृषि जन्य सामान सबै एकैठाउंँमा राखि विक्री गरिनेछ उनले भने, जसले गर्दा उत्पादित वस्तु खेर पनि नजाओस् सस्तो मूल्यमा उपभोक्ताले पनि पाउन् ।’ समुदायस्तरकै शेयर सदस्यहरुद्वारा लगानी गरिएकोले संस्थाले सोही नगरपालिकामा पनि अन्य मार्टहरु बनाउने तयारी गरिएको छ । ‘भाटभटेनी प्रकृतिको मार्ट  जस्तै हो, उनले भने, त्यो निजी लगानी भयो । यो पब्लिकको लगानी हो ।’

आगामी दशैँ तिहारसम्म किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैँडाकोट नगरपालिका भित्र चारओटा मार्ट सञ्चालनको तयारी भएको तिलक पराजुलीले जानकारी दिए । उनका अनुसार महिला उधमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण र अर्गानिक खाद्य वस्तुहरुको प्याकेजिङ गर्ने योजनालाई प्राथमितामा राखिने छ । 

अदुवा बेसार, दाल, चामल लगायतका खाद्यान्न सामाग्रीलाई प्याकेजिङ गरी गुणस्तर कायमर ब्राण्डिङ गरि मार्टमार्फत उपलब्ध गराउने योजना संस्थाको छ । त्यसैगरी २ वर्षभित्र किसान ब्राण्डको शुद्ध खाने तेल उत्पादन गरी उपभोक्ता माझ लैजाने समेत योजना रहेको पराजुलीले बताए ।

‘लभ टु सर्भ’ मुख्य स्लोगन रहेको यो मार्टमा हाल ११ जनाले प्रत्यक्ष रुपमा रोजगारीको अवसर पाएका छन् । मार्टमा हाल बारकोड कायम गर्ने र सामानहरुको व्यवस्थापनको काम भइरहेको पराजुलीको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)