ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन ट्राफिक प्रहरीद्वारा साउन महीनामा २५ लाख ७३ हजार राजस्व संकलन 

२०७८ भदौ, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदा ३, चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष ०७८/७९ को साउन महीनामा २५ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । 

कार्यालयका अनुसार सबै प्रकारका सवारीसाधनको कारवाहीबाट एक महीनाको अवधिमा २५ लाख ७३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले सो अवधिमा २ हजार ७५७ ओटा सवारीसाधनलाई कारवाही गरेको थियो । 

सबैभन्दा बढी कारवाहीमा मोटरसाइकल 
चालू आवको साउन महीनामा सबैभन्दा बढी ७८६ ओटा मोटरसाइकल कारवाहीमा परेका छन् र सबैभन्दा कम ट्याक्टर कारवाहीमा परेका छन् । 

मोटरसाइकल कारबाहीबाट मात्रै ६ लाख ७३ हजार रुपैयांँ राजस्व संकलन भएको छ भने १३२ ओटा ट्याक्टरलाई कारवाहीबाट १ लाख ३१ हजार पांँचसय रुपैयाँ राजस्व संकलन गरेको छ । 

यस्तै, दोस्रो सबैभन्दा बढी ६७२ ओटा कार जीप भ्यान कारवाहीमा परेका छन् जसबाट ६ लाख ६० हजार रुपैयांँ राजस्व संकलन भएको छ । कार्यालयले ५९० ओटा ट्रक ट्रिपरबाट ६ लाख ११ हजार, ३०७ ओटा बस माईक्रोबाट २ लाख ९० हजार र २७० ओटा टेम्पो र अन्य सवारीसाधनबाट २ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको हो । 

कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले निषेधाज्ञा शुरु भएसँगै कारवाहीको संख्या र राजस्व संकलन पनि तुलनात्मक रुपमा उक्त महीना कम भएको बताए । ‘निषेधाज्ञाले सवारीसाधन जोरविजोर प्रणालीमा चलेका छन् उनले भने, कारवाही र जरीवाना पनि कम भएको छ ।’ 

अधिकांश सवारीधनीले जरीवानाको रसिद काटेपछि समयमै बैंकमा जम्मा नगर्ने भएकोले राजस्व संकलनमा असर परेको थापाले बताए । सवारीसाधन कम चलेपनि ट्राफिक चेकिङमा कडाई गरिएको कारण राजस्व संकलन सन्तोषजनक भएको थापाको भनाइ छ । 

एक महीनामा ११ जनाको मृत्यु, ७५ जना घाइते 

साउन महीनाभित्र सवारी दूर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ भने ७५ जना घाईते भएका छन् । मृत्यु भएका मध्ये ९ जना पुरुष र २ जना महिला रहेका छन । 

कार्यालयका अनुसार सो अवधिमा २३ जना गम्भिर घाईते र ५२ जना साधारण घाईते भएका थिए । एक महीनाको अवधिमा दूर्घटना संख्या ५१ ओटा भएको थियो भने भने ७८ ओटा सवारीसाधन दूर्घटनामा संलग्न थिए । यसबाट ट्राफिक प्रहरीले ९६ लाख ६२ हजार बराबरको सवारीसाधनको भौतिक क्षति भएको अनुमान गरेको छ । 

कार्यालयका प्रमुख थापाले सवारीसाधन कम चलेसँगै दूर्घटनाको संख्यासँगै अघिल्ला महीनाहरुमा भन्दा मृत्यु र घाईतेको संख्या पनि कम भएको भए । ‘सवारीसाधन कम चलेपछि हाम्रो जनशक्तिपनि सहजरुपमा परिचालन गर्न सकिन्छ । उनले भने, हामीले स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न गराउन पनि निगरानी थप बढाएका छौं ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)