ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखाका स्थानीय तहको बेरुजु करीब ३८ करोड

२०७८ भदौ, ६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

भदौ, ६, दोलखा । दोलखाका स्थानीय तहहरुको आर्थिक वर्ष २०७६/७७ को बेरुजु करीब ३८ करोड रुपैयाँ रहेको पाइएको छ । 

महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन अनुसार उक्त आवको जिल्लाका ९ ओटा स्थानीय तहहरुको बेरुजु रकम ३७ करोड ६६ लाख ९५ हजार रुपैयाँ रहेको पाइएको हो ।

जिल्लाका दुई नगरपालिका र सात ओटा गाउँपालिकाको कुल ८ अर्ब ५७ करोड ७४ लाख ५३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा सो रकम बेरुजु देखिएको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाका स्थानीय तहमध्ये बैतेश्वर गाउँपालिकाको बेरुजु सबैभन्दा बढी रहेको छ । गाउँपालिकामा ८८ करोड ५८ लाख ६० हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १२ करोड ४८ लाख ४२ हजार बेरुजु देखिएको छ । मेलुङ गाउँपालिकाको ६५ करोड ३८ लाख ७१ हजार रुपैयाँ को लेखापरीक्षण गर्दा ४ करोड ३७ लाख ९८ रुपैयाँ, गौरीशंकर गाउँपालिकाको ७१ करोड २२ लाख ३४ हजार रुपैयाँ  लेखा परीक्षण गर्दा ४ करोड १० लाख ४१ हजार रुपैयाँ तथा शैलुङ गाउँपालिकाको ९५ करोड ८४ लाख ७० हजार रुपैयाँको लेखा परीक्षण गर्दा ४ करोड ४६ लाख ३५ हजार बेरुजु रहेको छ ।  

यसैगरी, विगु गाउँपालिकाको ७४ करोड ८५ लाख २४ हजारको लेखा परीक्षण गर्दा २ करोड ६७ लाख ५८ हजार रुपैयाँ , जिरी नगरपालिकाको ८७ करोड ७२ लाख २० हजार  रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड ९२ लाख ३१ हजार रुपैयाँ तथा भीमेश्वर नगरपालिकाको १ अर्ब ६७ करोड ७४ लाख २० हजार रुपैयाँको लेखा परीक्षण गरेकोमा ३ करोड ४६ लाख ७८ हजार बेरुजु पाइएको छ ।

यस्तै तामाकोशी गाउँपालिकाको १ अर्ब ७ करोड ९५ लाख ६० हजार रुपैयाँको लेखा परीक्षण गरीएकोमा १ करोड ८६ लाख ९५ हजार रुपैयाँ  र कालिञ्चोक गाउँपालिकाको ९८ करोड ४२ लाख ९४ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १ करोड ३० लाख १७ हजार रुपैयाँ  पाइएको छ । 

प्रतिशतको हिसाबले सबैभन्दा बढी बेरुजु बैतेश्वस गाँउपालिकाको १४ दशमलव शून्य ९, मेलुङ गाउँपालिकाको ६ दशमलव ७, गौरिशंकर ५ दशमलव ७६, शैलुङ ४ दशमलव ६६ विगु ३ दशमलव ५७, जिरी नगरपालिकाको ३ दशमलव ३३, भीमेश्वर नगरपालिका २ दशमलव शून्य ७,  तामाकोशी गाउँपालिका १ दशमलव ७३ तथा सबैभन्दा कम कालिञ्चोक गाउँपालिकाको १ दशमलव ३२ प्रतिशत रहेको छ । 

रकम तथा प्रतिशत दुवैको हिसाबले सबैभन्दा बढी बेरुजु बैतेश्वर गाउपालिकामा तथा सबैभन्दा कम कालिञ्चोक गाउँपालिकामा देखिएको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा उल्लेख छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)