ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा डेढ अर्ब राजस्व संकलन

२०७८ भदौ, ६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन ६, चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरद्वारा चालू आर्थिक वर्ष २०७८/७९ को साउन महीनामा झण्डै डेढ अर्ब राजस्व संकलन भएको छ । 

कार्यालयका अनुसार साउन महीनामा १ अर्ब ४८ करोड २१ हजार राजस्व संकलन भएको हो । कार्यालयले यो महीनामा सबैभन्दा बढी अन्तशुल्क कर शीर्षकमा ९४ करोड ८५ लाख १३ हजार रुपैयाँ संकलन गरेको छ । 

यस्तै, आयकर शीर्षकमा २८ करोड ४१ लाख ८६ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर शीर्षकमा २१ करोड ३९ लाख ३३ हजार रुपैयाँ, व्याजकरमा ३ करोड २१ लाख ६ हजार रुपैयाँ र घरबहाल कर शीर्षकमा ३१ लाख ७० हजार रुपैयाँ संकलन गरेको हो । 

यस्तै शिक्षा सेवा करमा दुईहजार रुपैयाँ र स्वास्थ्य सेवा कर शीर्षकमा एक हजार रुपैयाँ कर संकलन गरेको हो । 

कार्यालयका कर अधिकृत शुशील लम्सालले राजस्व विभागले सरकार हेरफेर भएका कारण चालू आर्थिक वर्षको लागि लक्ष्य असुली आई नपुगेको बताए । 

जिल्लामा निषेधाज्ञा भएपनि कार्यालय पूर्णरुपमा खुलेकोले यस महीनाको राजस्व संकलन सन्तोषजनक रहेको लम्सालको भनाइ छ । ‘विशेषगरी आयकर शीर्षकमा पुस, चैत र असारमा बढी कर संकलन हुन्छ, उनले भने, अन्तःशुुल्क र अन्य शीर्षकका करको हकमा जेठ, असार र साउन तुलनात्मक रुपमा बढी संकलन हुन्छ ।’

कोभिडका कारण आर्थिक गतिविधि सुस्त भएपनि राजस्व संकलनको अनुपात र दैनिक सेवाग्राहीको संख्यामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको लम्सालले बताए । 

‘करको दर र दायरा पनि हरेक वर्ष बढ्दै गएको छ उनले भने, व्यवसायीहरुमा पनि दर्ता गर्नुपर्छ । कर तिनुपर्छ भन्ने जिम्मेवारी र सचेतनाको महसुस पनि बढ्दै गएको पाएका छौं ।’ लम्सालले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)