ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नक्सा पास प्रक्रिया पेपरलेस बनाउँदै भरतपुर महानगर

२०७८ भदौ, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर महानगरपालिकाले घर÷भवनको नक्सा पास प्रक्रियालाई पेपरलेस प्रविधिमा रूपान्तरण गरेको छ । सेवाग्राहीले कागजी फाइल बोकेर कार्यालय जानुपर्ने बाध्यताको अन्त्य गर्दै महानगरमा नक्सा पास प्रक्रिया अनलाइनबाटै हुने व्यवस्था शुरू गरिएको हो ।

शुक्रवार महानगरमा एक कार्यक्रममा महानगर प्रमुख रेणु दाहालले यससम्बन्धी सफ्टवेयर प्रणालीको शुभारम्भ गरिन् । सो अवसरमा दाहालले भरतपुर महानगरले नगरवासीलाई घरबाटै सेवा लिन सक्ने वातावरण बनाउँदै लगेको बताइन् । सेवाग्राहीलाई कार्यालयमा हुने अनावश्यक झन्झटबाट मुक्ति दिन पनि अनलाइन प्रविधिमा आफूहरू अगाडि बढेको उनको भनाइ थियो । अनलाइनमार्फत नक्सा पास प्रक्रिया शुरू भएसँगै कामप्रति कर्मचारी थप जवाफदेही बन्ने र सेवाग्राहीलाई सहज सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

अनलाइन प्रक्रियाबाट नक्सा पास प्रक्रिया थालनीका लागि आवश्यक सफ्टवयेर भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले भरतपुर महानगरलाई निःशुल्क प्रदान गरेको महानगरका वरिष्ठ इन्जिनियर सूर्यप्रकाश लामाले बताए । उक्त सफ्टवेयर निर्माणमा करीब २० लाख रुपैयाँ खर्च भएको बताइएको छ । यो सप्mटवेयरको माध्यमबाट घरमै बसेर नक्सा पास प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ ।

भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सुरक्षित शहर र व्यवस्थित भवन निर्माण गर्दै स्मार्ट सिटी निर्माणको अभियानमा यो सफ्टवेयरले महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उक्त सप्mटवेयरले कन्सल्टेन्सी र महानगरलाई थप उपभोक्ता सेवामा जिम्मेवार बनाउने सप्mटवेयर निर्माणमा काम गरेका इन्जिनियर सुमन प्रधानले बताए । कन्सल्टेन्सीले अनलाइनमा विवरण प्रविष्टि गरेपछि नगरपालिकाको विभिन्न फाँटका इन्जिनियरले ठीक भए÷नभएको जाँच गरेपछि १५ दिने सूचना प्रकाशित हुने र त्यसपछि घर निर्माणको आवश्यक काम अगाडि बढ्ने उनको भनाइ छ ।

निर्माण पूरा भएपछि त्यही अनलाइनमा रेकर्ड भएको डेटाका आधारमा सम्पन्नताको प्रमाणपत्र सेवाग्राहीले पाउनेछन् । यसले महानगरमा निर्माण हुने भौतिक संरचनाको अनलाइन रेकर्डका साथै जीपीएस लोकेसनसमेत एकिन गर्ने भएकाले स्मार्ट शहर निर्माणमा सहज हुने उनले बताए । अहिलेको प्रणालीमा अनलाइन शुल्क भुक्तानी गर्ने र कामको प्रगति कति भयो भनेर सेवाग्राहीले हेर्न मिल्ने व्यवस्था सप्mटवेयरमा समावेश गरिएको  छैन । यसलाई पनि केही महीनाभित्र समावेश गर्ने योजना रहेको परामर्शदाता कम्पनीले बताएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले लामो समयको प्रयास र छलफलपछि महानगरले निकै राम्रो सप्mटवेयर सञ्चालनमा ल्याउन सफल भएको बताए । यसको माध्यमबाट सुशासन कायम हुने, आर्थिक पारदर्शिता हुने, कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र टेबुलमै आएर फाइल खोलेर हेर्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)