ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यातायात व्यवस्था सेवा कार्यालय : साउनमा साढे ७ करोड राजस्व संकलन

२०७८ भदौ, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना (साउन)मा यातायात व्यवस्था सेवा कार्यालय, चितवनले साढे ७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार सवारीसाधन कर शीर्षकमा सबैभन्दा बढी राजस्व संकलन भएको भने चालक अनुमतिपत्र कर सबैभन्दा कम संकलन गरेको छ ।

सवारीसाधन कर शीर्षकमा ६ करोड ४२ लाख ३३ हजार १५० रुपैयाँ, चालक अनुमति नवीकरण र सवारी दस्तुर किताब गरी ३५ लाख ४२ हजार ९४० रुपैयाँ संकलन गरेको हो । यस्तै कार्यालयले यातायात क्षेत्रको आम्दानीबाट ७० लाख १९ हजार ८४० रुपैयाँ संकलन गरेको छ । प्रशासनिक दण्ड जरीवानाबाट भने साउनमा कुनै रकम असुली भएको छैन ।

कार्यालय प्रमुख सुवास उप्रेतीले साउनमा निषेधाज्ञाका बीच कार्यालय नियमित खुलेकोले अपेक्षित रूपमा कर संकलन गर्न सकिएको बताए । यो वर्ष नियमित कार्यालय खुल्न पाएमा ६५ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।

यसैबीच, चितवनको भरतपुरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण गरिने भएको छ । अघिल्लो साता मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री केशवराज पाण्डेले चितवनलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको शुरुआती निर्णय गरेका हुन् । अनुमतिपत्र निर्णय गरिए पनि विभागबाट हालसम्म अनुमति प्राप्त भएको छैन । कार्यालयका प्रमुख उप्रेतीले निर्णय भए पनि सेवा भने शुरू भइनसकेको बताए । ‘निर्णय चाहिँ भयो, तर जनशक्ति व्यवस्थापन र अन्य प्राविधिक पक्षका विषय टुंगिन बाँकी नै छ,’ उप्रेतीले भने । निषेधाज्ञाका र सेवाग्राहीको चापका कारण कार्यालयमा भीड बढेपछि कार्यालयले ई–टोकन प्रणाली लागू गरेको छ । ई–टोकन एमओडट बागमतीडट जीओभी डट एनपीमा गएर सेवा लिन सकिनेछ । कार्यालय प्रमुख उप्रेतीले भीडभाड व्यवस्थापन गर्न यो प्रणाली शुरू गरिएको बताए । उनका अनुसार अनलाइनबाट सेवाग्राहीले आफू अनुकूल मिति र समयमा सेवा लिन सक्नेछन् । ‘यो प्रणालीले भीड व्यवस्थापन, कोरोना जोखिम न्यूनीकरण र समयको सदुपयोग पनि हुन्छ,’ उनले भने । हाल यस कार्यालयमा दैनिक ५०० भन्दा बढीले सेवा लिँदै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)