ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कविलास स्वास्थ्य चौकी र डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास

२०७८ भदौ, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ १३, चितवन । चितवनको विकट ठाउँ मानिने भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित कविलासमा स्वास्थ्य चौकी र डालेटार स्वास्थ्य केन्द्रको भवनको शिलान्यास भएको छ । 

त्यहाँ रहेका स्थानीयलाई स्वास्थ्यको पहुँच पुयाउन उक्त ठाउँमा स्वास्थ्य भवन निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् । 

शिलान्यासपछि बोल्दै कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद  स्वास्थ्य केन्द्रको भवन लामो प्रयास पछी शिलान्यास गर्न सफल भएको भन्दै उनले तोकिएको समयमा गुणस्तरिय निर्माण सम्पन्न गर्न आग्रह गरिन् । 

दाहालले भरतपुरको कविलास भरतपुरको हिल स्टेशनको रूपमा परिचय बनाउँदै गएको भन्दै यस्ता स्थानहरुलाई बहुआयामिक रुपमा उपयोग गर्न सकिने बताइन् । ‘एक वडा, एक स्वास्थ केन्द्र’ निर्माण तथा सञ्चालन गर्दै आएको बताउँदै उनले आवश्यकताका आधारमा यसको संख्या थपिदै जाने बताइन् ।

उनले यस क्षेत्रका बाटोघाटो निर्माण, शुद्ध पिउनेपानी, सिँचाईका साथै शिक्षा स्वास्थ्य, कृषि र पर्यटन लगायतका विकासका कामहरुलाई प्राथमिकतामा राखेको उनकोे भनाइ छ  । 

विकासमा कोही कसैले राजनिति र आग्रह पूर्वाग्रह राख्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने उल्लेख गरिन् ।

शिलान्यास कार्यक्रममा उप प्रमुख पार्वती शाह ठकुरीले निर्माणाधीन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरिय ढंगले निर्माण कार्य अगाढी बढाउन आग्रह गरिन् । 

भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भोजराज खतिवडाले  नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने विश्वास व्यक्त गरे

६९ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको कबिलास स्वास्थ्य केन्द्र ४ कोठाको हुनेछ भने पुस मसान्तभित्र निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा लक्ष्य लिइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)