ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ करोड लगानीमा दाना उद्योग सञ्चालन

२०७८ असोज, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर महानगरपालिका–६ गीतानगरमा २ करोड रुपैयाँ लगानीमा दाना उद्योग सञ्चालनमा ल्याइएको छ । विगत डेढ दशकदेखि पोल्ट्री क्षेत्रमा सक्रिय व्यवसायी रामलाल भुसालको एकल लगानीमा ‘भुसाल फिड इण्डष्ट्रिज प्रालि’ सञ्चालनमा आएको हो ।

दानाको माग बढेकाले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालन भुसालले बताएका छन् । शनिवार एक कार्यक्रमका बीच बागमती प्रदेश सांसद घनश्याम दाहालले उद्योगको उद्घाटन गरे । सो अवसरमा उनले पोल्ट्रीबाट आत्मनिर्भर बन्दै किसानले नै उद्योग खोल्दा यस व्यवसायमा थप टेवा पुग्ने बताए । सरकारले समेत किसानलाई प्रोसाहन गर्नेगरी नीति ल्याएको भन्दै उनले कुखुराको मासु र अण्डामा देश आत्मनिर्भर भए पनि आगामी दिनमा दानामा पनि आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए ।

उद्योगले ‘भुसाल मास दाना’ ब्राण्डमा गुणस्तरीय दाना उत्पादन शुरू गरिएको सञ्चालन भुसालले जानकारी दिए । अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा, ब्रोइलर प्यारेन्ट र गाईवस्तुका लागि हुनेगरी उत्पादित दाना सहुलियत मूल्यमा विक्री हुने उद्योगका अध्यक्ष समेत रहेका उनले बताए ।

उद्योगका निर्देशक लक्ष्मी भुसालले दानामा कुखुरालाई चाहिने भिटामिन, मिनरल लगायतको प्रयोग गरिएकाले कुखुरामा रोग कम लाग्ने बताइन् । किसानको माग र आवश्यकता अनुसार उत्पादन क्षमता बढाउँदै लैजाने योजना रहेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)