ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुरमा ‘मेड एग्रो टेक’ सञ्चालनमा

२०७८ असोज, ८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । गुणस्तरीय बीउबिजन तथा बिरुवा र कृषिसम्बन्धी तालीम उपलब्ध गराउने उद्देश्यले भरतपुर महानगरपालिका–९ शरदपुरमा ‘मेड एग्रो टेक’ नामक कम्पनी सञ्चालनमा आएको छ । २६ जना शेयर सदस्यको २ करोड रुपैयाँ लगानीमा उक्त कम्पनी सञ्चालनमा आएको हो ।

कृषि क्षेत्रका अनुभवी तथा अन्य क्षेत्रका व्यवसायी तथा विज्ञहरूको लगानीमा सञ्चालनमा आएको कम्पनीको बुधवार बागमती प्रदेशसभा सदस्य एवं शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहालले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले प्रदेश सरकारले अनुदान तथा सहुलियत दरको ऋण उपलब्ध गराइरहेको बताए ।

नेपालमा फलफूलका बिरुवादेखि उच्च गुणस्तरीय बीउ बिजन विदेशबाट ल्याउनुपर्ने अवस्थामा एग्रो टेक उद्योग सञ्चालनमा आउँदा नेपाली मुद्रा विदेशिनबाट जोगिने उनको भनाइ थियो । विगतमा कृषि कर्मलाई विपन्नहरूको पेशाको रूपमा हेर्ने गरिए तापनि पछिल्लो समय कृषि आकर्षक पेशा तथा व्यवसायको रूपमा स्थापित हुँदै गएकोे उनले बताए । नेपाली रैथाने जातका बीउ, बिजन तथा अन्नबाली लोप हुने अवस्था आएको भन्दै उनले तिनीहरूको संरक्षण गर्दै वंश सुधारमा एग्रो टेक केन्द्रित हुनुपर्ने बताए ।

मेड एग्रो टेकका अध्यक्ष ऋषिराम न्यौपानेले कृषि सामग्री आयात निर्यात तथा कृषि तालीम सञ्चालन गर्ने उद्देश्यले कम्पनी सञ्चालन गरिएको बताए । बजारमा कृषकहरूले गुणस्तरीय वस्तु तथा सेवा नपाइरहेको अवस्थामा एग्रो टेकले जातीय शुद्धतासहितको गुणस्तरीय कलमी एवं टिस्यु कल्चरबाट तयार गरिएको फलफूलका बिरुवा, कृषि सामग्रीको सरल र सुलभ मूल्यमा विक्री गर्ने जानकारी उनले दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)