ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय भरतपुर : लक्ष्यभन्दा ८३ करोड बढी राजस्व असुली

२०७८ कार्तिक, ५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भरतपुर । आन्तरिक राजस्व कार्यालय, भरतपुरले असोज महीनामा लक्ष्यभन्दा ८३ करोड १ लाख ६७ हजार रुपैयाँ राजस्व असुली गरेको छ । कार्यालयका अनुसार सो महीनाका लागि विभागले कार्यालयलाई १ अर्ब १७ करोड ९६ लाख ७७ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले २ अर्ब ९८ लाख ४४ हजार संकलन गरेको हो ।

कार्यालय अन्तःशुल्क शीर्षकमा लक्ष्यभन्दा झन्डै दोब्बर असुली गर्न सफल भएको छ । यस शीर्षकमा ९६ करोड २६ लाख ६ हजारको लक्ष्य दिइएकोमा कार्यालयले १ अर्ब ७३ करोड ८२ लाख ६५ हजार रुपैयाँ संकलन गरेको हो । यस्तै आयकर शीर्षकमा पनि कार्यालयले लक्ष्यको दोब्बर असुली गरेको छ । उक्त महीना यो शीर्षकमा ७ करोड ५८ लाख ६३ हजार असुलीको लक्ष्य रहेकोमा १५ करोड ९० लाख ८२ हजार उठाएको छ । अन्य शीर्षकमा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन ।

कार्यालयले बहालकर शीर्षकमा ४० लाख ५३ हजार असुलीको लक्ष्यमा २३ लाख ६१ हजार, ब्याजकर शीर्षकमा १ करोड ३ लाख ४१ हजार लक्ष्य रहेकोमा २९ लाख २६ हजार, मूल्य अभिवृद्धि कर शीर्षकमा १५ करोड ६२ लाख ४५ हजार लक्ष्यमा १० करोड ७२ लाख २ हजार, स्वास्थ्य सेवा कर शीर्षकमा १ लाख ६९ हजार लक्ष्य दिइएकोमा ८ हजार र शिक्षा सेवा करमा ४ लाख रुपैयाँ लक्ष्यमा शून्य रकम असुली गरेको छ ।

कार्यालयका कर अधिकृत सुशील लम्सालले मदिराजन्य वस्तुबाट आउने कर नै प्रमुख स्रोत भएकाले लक्ष्यभन्दा बढी कर असुल्न सकिएको बताए । ‘हाम्रो अन्य समयमा अन्तःशुल्कबाटै बढी कर असुली हुन्छ,’ उनले भने । अन्य कर शीर्षकहरू कार्यालयको सहयोगी स्रोत मात्र भएकाले समय अनुसार घटबढ हुने उनको भनाइ छ । आयकर शीर्षकमा करदाताको विवरण बुझाउने अन्तिम म्याद भएकाले पनि आयकर शीर्षकमा लक्ष्यको दोब्बर कर असुली भएको लम्सालले बताए ।

विभागले कार्यालयलाई चालू आर्थिक वर्षका लागि २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँको लक्ष्य दिइएकोमा असोजसम्म तीन महीना अवधिमा कार्यालयले ४ अर्ब ८२ करोड ६६ लाख ३९ हजार रुपैयाँ संकलन गरेको छ । असोजसम्म कार्यालयलाई विभागले ३ अर्ब ८४ करोड ६ लाख ८ हजार रुपैयाँ असुलीको लक्ष्य दिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)