आफ्नो सामान बिकाउन व्यापारीहरुले अनेक उपाय अपनाउँदै आएका छन् । ग्राहकलाई आफ्ना सामानप्रति आकर्षित गर्न उनीहरुले विभिन्न उपहार तथा नगद योजना ल्याउने गरेको त हामी सबैलाई थाहै छ । तर, कुनै पनि ब्राण्डको लोयल्टीका लागि मानिसलाई त्रसित बनाउन जरूरी रहेको एउटा अध्ययनले देखाएको छ । ब्रिटिश कोलम्बिया विश्वविद्यालय साउण्डर स्कूल अफ बिजनेशले गरेको अध्ययनले यस्तो देखाएको हो । घरमा कुनै डरलाग्दो चलचित्र हेर्दा आउने असहज परिस्थितिलाई सामान्य बनाउन उनीहरुले कोकजस्ता वस्तुहरुको सहारा लिने गरेको एउटा अध्ययनले देखाएको छ । यो नतीजाले उद्योगको मान्यतालाई गलत साबित गरिदिएको छ । जसले अन्य कुनै शैलीका चलचित्रको तुलनामा डरलाग्दा चलचित्रमा प्रतिस्थापनको उत्पादन उल्लेख्य रुपमा न्यून रहेको बताउँछ ।
‘मानिसहरु डरको सामना अरु मानिससँग बसेर गर्छन् । डर लाग्ने फिल्म हेरिरहँदा एकले अर्कोतर्फ हेर्दै ‘ओ माई गड’ भन्छन्, जसले गर्दा उनीहरुको सम्बन्ध अझ प्रगाढ बन्दै जान्छ,’ साउडरबाट हालै पीएचडी सकेकी पूर्वविद्यार्थी ली डुनले भनिन् । ‘तर, साथीहरुको अनुपस्थितिमा भने उपभोक्ताले आफ्नो हातमा रहेको वस्तुको ब्राण्डसँग उच्च भावनात्मक सम्बन्ध सृजना गर्ने देखिएको छ,’ उनले भनिन् । डुनले आफ्नो प्रकाशोन्मुख अनुसन्धानपत्र ‘जर्नल अफ कञ्जुमर रिसर्च’मा फिल्म हेरिरहँदा डरको अनुभव गर्ने उपभोक्ताले आफूसँग उपलब्ध रहेको ब्राण्डप्रति गहिरो लगाव महसूस गर्ने गरेको कुरालाई प्रस्तुत गरेकी छन् । त्यस्तै, अध्ययनले मानिसहरु यस्ता उत्पादन हेर्नमा नै सीमित भएकै अवस्थामा पनि डरले ब्राण्डप्रतिको लगाव गहिरो बनाउन मानिसहरुलाई उत्तेजित गर्ने रहस्य खोलेको छ ।
साथै, डरको सामना भइरहेकै समयमा यस्तो अनुभव भएमा मात्र ब्राण्डप्रतिको भावनात्मक निकटता बढ्ने पनि अध्ययनले देखाएको छ । यद्यपि, डरको अनुभूतिपश्चात् प्रस्तुत हुने उत्पादनहरुप्रति भने मानिसको कुनै लगाव सृजना नहुने अध्ययनमा पाइएको छ । ‘विक्रेताहरु डरदेखि भयभित हुन्छन् । नकारात्मकतासँगको सम्बन्धले डरलाग्दा फिल्म वा भिडियो गेमजस्ता डरमा आधारित मनोरञ्जनद्वारा निर्देशित विशाल बजारभित्र घुस्ने उनीहरुको चाहनालाई तीव्र बनाइदिन्छ भन्ने कुरा उनीहरुको चिन्ता हो,’ डुनले भनिन्, ‘तर हाम्रो अध्ययनले अँध्यारोमा टाँसिएको कुनै वस्तुका रुपमा ब्राण्डलाई पस्कने कुरामाथि विज्ञापनकर्ताहरुले विचार गर्नुपर्ने देखाएको छ,’ उनको भनाइ छ ।