ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आपतकालिन ल्यान्डिङ गराएर जहाजबाट यात्रुहरू भागेपछि.....  

२०७८ कार्तिक, २१  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कात्तिक २१, स्पेन । यूरोपेली मुलुक छिर्न अनेकन उपाय अपनाउने गरिएको तपाई हामीले त सुनेकै छौं । र ज्यान जोखिममा पारेर पानी जहाजबाट जाँदा कयौंको मृत्युसमेत भएको खबर सुन्न पाइन्छ ।

तर यूरोपेली मुलुक छिर्न पछिल्लो पटक भने अनौठो उपाय अपनाइएको छ ।अफ्रिकी मुलुक मोरक्कोबाट टर्कीका लागि एयर अरेबिया मारोकको हवाइजहाज उडेको  थियो । तर उक्त जहाजले शुक्रवार साँझ स्पेनिस टापु मालोर्काको विमानस्थलमा आकस्मिक अवतरणका लागि अनुमति माग्यो।

जहाजभित्र यात्रुलाई गम्भीर स्वास्थ्य समस्या आएको उल्लेख गर्दै पाइलटले अवतरणका लागि अनुरोध गरेपछि मालोर्का विमानस्थलका अधिकारीहरूले अवतरणको अनुमति दिएका थिए।

जहाज अवतरण भएपछि बिरामी भनिएका यात्रुलाई एम्बुलेन्समा राखेर अस्पताल पनि लगियो तर डाक्टरहरूले ती व्यक्तिमा स्वास्थ्य समस्या नभएको भन्दै लगत्तै डिस्चार्ज गरिदिए।

त्यतिञ्जेलसम्म जहाजमा रहेका रहेका अन्य यात्रु भने हंगामा गर्दै जहाजबाट बाहिर निस्किएर विमानस्थलको पर्खाल नाघेर भागिसकेका थिए। बिरामी भनिएका यात्रुसँगै अस्पताल गएका उनका साथी पनि अस्पतालबाट भागेको स्पेनका अधिकारीहरूले बताएका छन्।

बिरामी भएको भनिएका यात्रुलाई जहाजमा ल्याउँदा अरू भागिसकेको थाहा पाएपछि विमानस्थलका अधिकारी, सुरक्षा अधिकारी र चालक दलका कर्मचारी भने आश्चर्य चकित भएका थिए।  विमानस्थल पनि चार घण्टा बन्द गरियो, दर्जनौं फ्लाइटहरु डाइभर्ट भए ।

जहाजमा भएका यात्रु भागेपछि ती यात्रुलाई प्रहरीले बाध्य भएर हिरासतमा लिएको थियो। यात्रु नआएपछि जहाजका केहि यात्रुलाई लिएर उक्त जहाज इस्तानबुलका लागि उडेको थियो।

भागेका २४ जनामध्ये शनिवारसम्ममा १२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने बाँकी १२ जनाको खोजी गरिरहेको छ। स्पेनमा पुग्नका लागि उनीहरू सबैले मिलेर बिरामी हुने या अन्य कुनै योजना बनाएका थिए कि थिएनन् भन्ने बारे अझै प्रष्ट भने भइसकेको छैन।

जहाजलाई आपतकालिन ल्यान्डिङ गराएर यूरोपेली मुलुक छिर्ने यो नौलो तरिका हो या अन्य के हो भन्ने बारेमा स्पेनका अधिकारीहरुले छानविन शुरु गरेको भन्दै बीबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।एजेन्सीहरुको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)