ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्राफिक प्रहरी कार्यालय, चितवन : ४ महीनामा १ करोडभन्दा बढी राजस्व संकलन

२०७८ मंसिर, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको चार महीनामा १ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।  कार्यालयको तथ्यांक अनुसार कात्तिक मसान्तसम्ममा १ करोड ६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

यसमध्ये सबैभन्दा बढी कात्तिकमा ३० लाख १६ हजार संकलन भएको छ भने सबैभन्दा कम भदौमा २३ लाख ७८ हजार राजस्व असुली भएको छ । यसैगरी साउनमा २५ लाख ७३ हजार र असोजमा २७ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले कात्तिकमा चाडपर्व परेसँगै सवारी आवागमन तथा ट्राफिक नियम उल्लंघनका घटना बढी हुने भएकाले जरीवाना शुल्क बढी संकलन भएको बताए । ‘कात्तिकमा चाडपर्व र राजनीतिक गतिविधि पनि बढ्यो,’ उनले भने, ‘वर्षाका कारण साउनमा अन्य महीनामा भन्दा ट्रक/टिपर लगायत मालवाहक गाडी कम चले ।’ चालू आवको चार महिना अवधिमा सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल र सबैभन्दा कम ट्र्याक्टर कारबाहीमा परेका छन् । सो अवधिमा कार्यालयले ३ हजार ३०३ मोटरसाइकलबाट २७ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने ५८३ ट्र्याक्टरको कारबाहीबाट ५ लाख ३६ हजार रुपैयाँ संकलन गरेको थियो । यसैगरी २ हजार ७३० ओटा कार÷जीपको कारबाहीबाट २५ लाख ८९ हजार, १ हजार ५४६ ओटा बस÷माइक्रो बसको कारबाहीबाट १४ लाख २२ हजार, २हजार २१३ वटा ट्रक/टिपरको कारबाहीबाट २३ लाख १३ हजार र १ हजार ३८१ टेम्पो तथा अन्य सवारीसाधनबाट १० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालय प्रमुख थापाले मोटरसाइकलको संख्या धेरै हुनु र ट्राफिक नियम उल्लंघन पनि तिनै सवारीसाधनको बढी हुने भएकाले राजस्व असुली धेरै भएको बताए । चितवनमा साना ठूला गरी दैनिक २५ हजार सवारीसाधन आवागमन हुने गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)