ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय प्रसारण लाइनमा जोडियो दोलखाको पर्यटकीय क्षेत्र बेदिङ

२०७८ मंसिर, २५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

मंसिर,२५, दोलखा । दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ९ मा रहेको प्रसिद्ध पर्यटकिय स्थल बेदिङ गाउँ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनास्थलबाट करीब २४ किलोमिटर लामो प्रसारण लाइन बेदिङ पुर्‍याएपछि पर्यटकीय सो गाउँ  राष्ट्रिय प्रसारणमा जोडिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले खम्बा ढुवानी गरेर कठिन भू- धरातल भएपनि बेदिङमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए । ट्रान्सफर्मर जडानलगत्तै स्थानीयलाई मिटर बक्स वितरण गरिने ढकालको भनाइ छ ।

हिम आरोहिको गाउँको रुपमा चर्चित बेदिङ छो–रोल्पा हिमतालको फेदीमा रहेको छ ।  समुद्री सतहबाट ३ हजार ७२१ मिटर उचाइमा रहेको बेदिङमा भएको लघु जलविद्युत् आयोजना एक दशकदेखि बिग्रिएर बन्द अवस्थामा थियो । पर्यटकीय गाउँको रूपमा प्रसिद्धि कमाएको बेदिङमा  ८५ घरधुरीको बसोवास रहेको छ । उज्यालोकोलागि अहिलेसम्म स्थानीयहरु सौर्य उर्जामा निर्भर थिए । 

नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाका अनुसार १ हजार १०० केभीको प्रसारण लाइन बनाउन ३९० ओटा खम्बा (पोल) गाडिएका छन् । जसका लागि ३ करोड रुपैयाँ लगानी भएको छ । राष्ट्रिय प्रसारण लाइन पुगेर बिजुली बाल्न पाउने  भएपछि आफूहरु खुसी भएको बेदिङका  स्थानीयहरुले बताएका छन् ।

गौरिशंकर हिमालको काखमा अवस्थित बेदिङ सगरमाथा चढ्ने शेर्पा समुदायको बस्ती हो । यहाँ घरैपिच्छे सगरमाथा आरोहीहरु छन् । च्छोरोल्पा जाने बाटो यहींबाट पर्दछ । एक दिनको पैदल दूरीमा छो–रोल्पा हिमताल पुग्न सकिन्छ ।  बेदिङमा रहेका हरेक घर होटलको रुपमा सञ्चालित छन् । स्थानीयहरुको आयआर्जन बढाउनकालागि गौरिशंकर संरक्षण क्षेत्रले पनि बेदिङमा होमष्टे सञ्चालन गर्न मद्दत गरिहेको छ । 

बेदिङ  छो–रोल्पा हिमताल र रोल्वालिङ उपत्यका भ्रमणमा जानेहरुको बास बस्ने मुख्य थलो हो । बेदिङभन्दा माथि ना गाउँ  पर्दछ । चिसो बढेपछि जाडो छल्न मानिसहरु ना गाउँबाट बेदिङ झर्ने गर्दछन् ।

पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा नेपाल टेलिकम दोलखाले केही वर्ष अघि नै जीएसएम टेलिफोन सेवा सञ्चालनमा विगत ल्याइसकेको छ । विद्युतको पहुँच पुगेपछि बेदीङको जनजीवन सहज हुनाका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने बेदीङवासीको आशा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)