काठमाडौं (अस) । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक रूपमा आयोजना गर्दै आएको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ काठमाडौंमा सम्पन्न भएको छ ।
‘ह्यान्ड इन ह्यान्ड फर एन एक्सिलेन्ट फ्युचर’ नारासहित सम्पन्न कार्यक्रममा देशभरका २४,५०० अभिकर्तामध्ये आर्थिक वर्ष ०७७/७८ मा उत्कृष्ट कार्य सम्पादन गरी कम्पनीको कर्पोरेट क्लबमा पर्न सफल २ सय क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी म्यानेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखा र कर्मचारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ३ सयभन्दा बढी अभिकर्ता उपस्थित रहेको कम्पनीले बताएको छ । आइएमई ग्रुपका म्यानेजिङ डाइरेक्टर हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा. रामहरि अर्याल, सञ्चालक समितिका सदस्यलगायतको उपस्थिति थियो । उक्त अवसरमा कम्पनीका ब्रान्ड एम्बेसडर मनीषा कोइरालाको यस्ता कार्यक्रमले अभिकर्तालाई यस क्षेत्रमा क्रियाशील रहन थप प्रेरित गर्ने बताइन् ।
कम्पनीका अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बीमा पेसालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गरिँदै आएको बताए ।