ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैतडीको पुर्चौंडीमा फलाम खानीको सम्भाव्यता अध्ययन शुरु

२०७८ पौष, १३  
सुदूरपश्चिम प्रदेश र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो

पुस १३, बैतडी । बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ । पुर्चौंडी नगरपालिका–७ र ८ मा पर्ने कालीढुंगा र घर कट्टयामा फलामखानी रहेको बताइन्छ ।

उक्त क्षेत्रको सम्भाव्यता अध्ययनका लागि काठमाडौंबाट खानी तथा भूगर्भ विभागको टोली आएको हो । शुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेलले बताए । 

उनले भने, ‘वस्तुस्थिति अवलोकन गरिसकेका छौँ, सम्भ्याव्यता अध्ययनमा छौँ, पहिला फलाम उत्खनन गरिएका ठाउँमा फलाम छ कि छैन भनेर सम्भाव्यता अध्ययन गर्छौ र त्यसपछि जमिनमुनि फलाम रहे नरहेको बारे अध्ययन हुन्छ ।’ भूगर्भविद् कँडेलले इलेक्ट्रिक एसिसटेन्ट र म्याग्नेटियम तरिकाबाट अध्ययन हुने जानकारी दिए । सम्भाव्यता अध्ययनपछि फलाम भए नभएको थाहा हुनेछ । भूगर्भविद्को टोलीले तयार पारेको प्रतिवेदनअनुसार फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया शुरु हुने बताइएको छ । 

फलाम खानी सञ्चालन गर्न सके पुर्चौडी क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने वडा नं ८ वडाध्यक्ष जनकबहादुर विष्टले बताए ।  सम्भाव्यता अध्ययनका लागि विभागका सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेल नेतृत्वको टोली पुर्चौंडी आइपुगेको हो । उक्त टोलीमा जियोलोजिष्ट कृष्ण पाण्डे र प्राविधिक सहायक यज्ञप्रसाद पराजुली पनि रहेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)