पुस २७, काठमाडौं। मनोहरा जग्गा एकिकरण आयोजनाले दक्षिण भक्तपुरमा रहेको ५०० रोपनी जग्गा हस्तान्तरण प्रक्रिया अघि बढाएको छ ।
२०६० सालमा शुरु गरिएको २ हजार ३०० रोपनी क्षेत्रफलको जग्गा एकिकरण आयोजनाले १८ वर्षपछि पहिलो चरणमा ५०४ रोपनी जग्गा हस्तान्तरण गर्न लागेको हो ।
मनोहरा जग्गा एकिकरण आयोजनाका आयोजना प्रमुख निर्मल राज बरालले भक्तपुरमा अरनिको राजमार्गबाट दक्षिणतर्फको ५०४ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।
‘तत्कालिन समयमा स्थानीय सरकार नभएकाले उपभोक्ता समितिलाई आयोजना हस्तान्तरण गर्ने निर्देशिका रहेको थियो’, बरालले आर्थिक अभियानलाई भने, ‘अहिले स्थानीय सरकार आइसकेको अवस्थामा स्थानीय सरकारलाई नै हस्तान्तरण गर्नुपर्ने भएकाले निर्देशिका संशोधनका निर्णय गरेर मन्त्रालयमा पठाएका छौ ।’
शहरी विकास मन्त्रालयले जति छिटो निर्देशिका संशोधन गर्छ त्यति नै छिटो भक्तपुरमा अरनीको राजमार्गबाट दक्षिणतर्फ रहेको जग्गा हस्तान्तरण हुने बरालले बताए ।
दक्षिण तर्फ ५०४ रोपनी जग्गामा गरिएको जग्गा विकास कार्यक्रमबाट ९३ रोपनी बराबरको सडक निर्माण गरिएको छ । २०२१ सालको नापी अनुसार भने यो क्षेत्रमा ३ रोपनी बराबरको मात्रै बाटो थियो ।
आयोजनाले जग्गा एकिकरण गरेर विकास गर्दा आयोजनाको लागि छोड्नुपर्ने ४ प्रतिशत जग्गाबाट करिब २० रोपनी जग्गा पाउनुपर्ने भएपनि नरेफाँटमा खोला फर्काउन नदिएपछि १८ रोपनी जग्गा मात्रै लिएको बरालले बताए ।
त्यो मध्ये खुल्ला क्षेत्र अन्तर्गत पर्ने ८ रोपनी जग्गा बाल आँखा अस्पताललाई दिएर करीब १० रोपनी जग्गा मात्रै आयोजनाले लिएको उनले बताए ।
८ रोपनी जग्गामा विकास भएका घडेरी प्लटहरु मध्ये एउटा बाहेक सबै विक्री वितरणसमेत भइसकेका छन् । उक्त एउटा घडेरी पनि २/३ जना व्यक्तिले लालपूर्जा नलिएका कारण बाँकी राखिएको हो । ९५ प्रतिशतभन्दा धेरै जग्गा धनीहरुले आफ्नो पूर्जा लिइसकेकोले दक्षिणतर्फको आयोजना हस्तान्तरण प्रक्रियामा गएको हो ।
बाँकी रहेको १ हजार ८०० रोपनी जग्गामा भने सबै ठाउँमा बाटोसमेत छुट्ट्याइएको छैन । दिव्यश्वरी ६ र ७ मा बाटो खोल्नै बाँकी रहेको छ । काठमाडौंतर्फको जग्गामा पनि भरखरै बाटो खोलिएको छ । अहिले बाटो खोलिएको ठाउँमा ग्रावेल गर्ने, ढल निकाल्ने र पर्खाल लाउने कामका लागि १/२ दिन भित्रै टेण्डर आह्वान गर्ने निर्णय भएको बरालले बताएका छन् ।
यो पनि पढ्नुस- मनोहरा जग्गा एकिकरण आयोजनाले घडेरी विक्री गर्दै, प्रतिआना २० लाख रुपैयाँदेखि शुरू
प्लटिङले सखाप हुँदै उपत्यकाका डाँडा : डाँडा काटेर खोलानाला पुर्दै, घर नबन्ने ठाउँमा पनि प्लटिङ गर्दै
काठमाडौंबाट १५ किलोमिटर टाढा रहेको गोदावरीमा किन आकासियो जग्गाको भाउ ?
काठमाडौंमा अहिले पनि पाइन्छ प्रतिआना ५ लाखमै जग्गा, तर किन्नु अघि यी कुरामा ध्यान नदिए फसिन्छ !
आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ, सबैको रोजाइमा परेपनि किन छन् सुनसान ?