ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक करोड लगानीमा सामुदायिक मार्ट सञ्चालन

२०७८ माघ, २  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर महानगरपालिका–१० हाकिमचोकमा एक करोड रुपैयाँको लगानीमा सामुदायिक मार्ट सञ्चालनमा ल्याइएको छ । नयाँ सामुदायिक उपभोक्ता सहकारी संस्थाको लगानी र व्यवस्थापनमा यो मार्ट सञ्चालनमा ल्याइएको हो  । समुदायमा आधारित रहेर समुदायको हितमा सञ्चालित मार्टको औपचारिक उद्घाटन सोमवार हुँदै छ । संस्थाका सल्लाहकार संयोजक विनोद खण्ड तिमिल्सेनाले उपभोक्ता अझै पनि मूल्य र गुणस्तरमा ठगिएकाले यसको न्यूनीकरण र सहज तरिकाले उपभोग्य सामग्री विक्री गर्न मार्ट सञ्चालनमा ल्याइएको जानकारी दिए । उक्त मार्टबाट गुणस्तरीय सामान उपलब्ध गराइने उनले बताए  ।

मार्टमा स्थानीय कृषि लगायत घरेलु उत्पादनलाई बढी प्राथमिकता दिई उपभोक्तामाझ पुर्‍याउने उद्देश्य रहेको तिमल्सिनाले बताए ।  ‘घरेलु उत्पादनको गुणस्तर मापन गरी स्थानीय कृषकले उत्पादन गरेका खाद्य सामग्री विक्री समेत गर्न सक्नेछन्,’ उनले भने ।

मार्टमा हाल दैनिक उपभोग्य सामानसहित १७ हजार प्रकारका सामान  राखिएको छ । उक्त मार्टबाट नारायणगढ, भरतपुर आसपासका ग्राहकलाई सहज हुनेछ ।

आगामी दिनमा संस्थाले अन्य कामलाई पनि अघि बढाइने संस्थाका अर्का अध्यक्ष दिव्यबाबु नेपालले बताए । ‘अब शिक्षा, स्वास्थ्य लगायतलाई कार्यक्षेत्र बनाएर अगाडि बढ्ने योजना छ,’ उनले भने । यस संस्थामा हालसम्म १ हजार १०० जना शेयर सदस्य छन् । संस्थामा १ करोड शेयरपूँजी जम्मा भइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)