ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाले धनी र गरिब बीचको दूरी झन बढ्यो, १० धनाड्यले २ वर्षमै जोडे ८ खर्ब डलर सम्पत्ति

२०७८ माघ, ३  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
PHOTO: CNN

माघ ३, काठमाडौं । कोरोना भाइरसको महामारी बीच विश्वका धनी र गरीबहरु बीचको सम्पत्तिमा भिन्नता झनै गहिरो बनेको छ । 

महामारीका कारण विश्वभर गरिबीको रेखामुनि धकेलिने जनसंख्या बढेको छ । तर ठिक उल्टो औंलामा गन्न सकिने केही अति धनाढ्यहरुको सम्पत्ति भने दोब्बर भएको सोमवार सार्वजनिक एक प्रतिवेदनले देखाएको भन्दै एपीले समाचार छापेको हो । 

गरिबी निवारणका लागि काम गर्ने संगठन अक्सफामले बताएअनुसार कोभिड–१९ शुरु भएयताको २ वर्षमा विश्वका सबैभन्दा धनाढ्य १० पुरुषहरुको सम्पत्ति ७ खर्ब डलरबाट बढेर १५ खर्ब डलरमा उक्लिएको छ । औसतमा यिनीहरुको सम्पत्ति दैनिक १ अर्ब ३० करोड डलरका दरले बढेको उक्त प्रतिवेदनले देखाएको छ । 

प्रतिवेदन विश्व आर्थिक मञ्चको भर्चुअल मिनि–समिट शुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । उनीहरुको सम्पत्ति यस अघिका १४ वर्षमा बढेको भन्दै धेरै अनुपातमा महामारीको बेलामा बढेको अक्सफामको भनाइ छ । १४ वर्ष अगाडि विश्व अर्थतन्त्र सन् १९२९ मा वालस्ट्रिट धराशयी भएयताकै खराब मन्दीबाट गुज्रिएको थियो । 

संगठनले यस्तो असमानतालाई आर्थिक हिंसाको संज्ञा दिएको छ । असमानताले हरेक दिन स्वास्थ्य उपचारमा पहुँचको अभाव, लैंगिकतामा आधारित हिंसा, भोक र जलवायु परिवर्तन जस्ता कारणले गर्दा दिनँहु २१ हजार जनाको मृत्यु भइरहेको अक्सफामको भनाइ छ । 

अक्सफामका अनुसार कोरोना भाइरसको महामारीले १६ करोड मानिसहरुलाई गरिबीको रेखा मुनि धकेलेको छ । यसको चपेटामा गैर–स्वेत अल्पसंख्यक जनजाति महिलाहरु आएको पनि बताइएको छ । प्रतिवेदन सन् २०२१ को डिसेम्बरमा अक्सफामले गरेको अध्ययनमा आधारित छ । महामारीका समयमा विश्वका सर्वाधिक धनीहरुको सम्पत्तिको कीर्तिमानी स्तरमा बढेको यसले देखाएको छ । 

विश्वमा खोपको उत्पादनका साथै स्वास्थ्य हेरचाह, जलवायु अनुकुलन र लिंगमा आधारित हिंसा घटाएएर मानिसहरुको ज्यान बचाउन आवश्यक रकम जुटाउन कर सुधार गर्न अक्सफामले आग्रह गरेको छ । आफूले सम्पत्तिको गणना सबैभन्दा अप–टु–डेट र विस्तृत डेटा स्रोतका आधारमा गरेको र यसका लागि अमेरिकी आर्थिक पत्रिका फोब्र्सको सन् २०२१ को अर्बपतिहरुको सूची प्रयोग गरेको संगठनले भनेको छ । 

फोर्ब्सको सूचिअनुसार विश्वको सबैभन्दा धनी १० व्यक्तिहरु टेस्ला र स्पेश एक्सका सीईओ एलन मस्क, एमाजन संस्थापक तथा सीईओ जेफ बेजोस, गुगलका संस्थापकहरु ल्यारी पेज र सेर्गे ब्रिन, फेसबुकका मार्क जुकरबर्ग, माइक्रोसफ्टका पूर्व सीईओ बिल गेट्स र स्टिभ बाल्मर, ओर्याकलका पूर्व सीईओ ल्यारी एलिसन, अमेरिकी लगानीकर्ता वारेन बफेट र फ्रेन्च लक्जरी गु्रप एलभीएमएचका बर्नार्ड आर्नल्ट हुन् ।एजेन्सीहरु

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)