ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दूरसञ्चारमा भ्वाइस सेवाको भविष्य सकियो, डाटासेन्टिभ नभए टेलिकमको भविष्य पनि संकटमा !

२०७८ माघ, ४  
प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

काठमाडौं । दूरसञ्चार सेवामा भ्वाइस सेवाको भविष्य नभएकोले अब डाटा सेन्टिभ मोडलमै जानुपर्ने विज्ञहरुले बताएका छन् ।

दुरसञचारको क्षेत्रमा लामो अनुभव बोकेका प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल भ्वाईस सेन्टिक बिजनेस मोडल पुरानो भइसकेकोले अव नयाँ तरिकाले जानुपर्ने बताउँछन् ।

'नेपालको दूरसञ्चार क्षेत्र अहिलेसम्म भ्वाइस सेन्टिभ बिजनेश मोडलमा चलेको थियो । अव भने यसको भविष्य सकियो । आगामी दिनमा डाटा सेन्टिभ मोडलमा नगए नेपालका दूरसञ्चार कम्पनीहरुको भविष्य पनि संकटमा पर्ने देखिन्छ ।' उनले भने ।

विश्व बजार डाटासेन्टिभ बिजनेस मोडलमा गइसकेकोले नेपाल पनि त्यस तर्फ लाग्नु पर्ने उनको भनाई छ । 

अहिले मानिसहरु अत्यावश्यक नभइ टेलिकम कम्पनीको भ्वाइस सेवा लिदैनन् । नेपाली दूरसञ्चार कम्पनीहरुको डाटा शुल्क महँगो छ । आईएसपीहरुको इन्टरनेट उपलब्ध भएसम्म मानिसहरु ह्वाट्सएप, भाइबर, मेसेन्जर लगायतका वैकल्पिक भ्वाइस सेवा लिइरहेका छन् ।

नेपाली सेवा प्रदायकले डाटा सेन्टिभ मोडलमा जान ढिलो गरिसकेको पनि खनालको भनाई छ । भ्वाईसको भविष्य छैन, अव फाईभ जी मोडलमै जानुपर्छ' उनले भने ।

भ्वाइस सेवाको पल्स रेट पनि घटेन

दूरसञ्चार कम्पनीहरुको नियामक निकाय दूरसञ्चार प्राधिकरणले  पल्सरेटलाई १ सेकेण्डमा झार्ने बताएपनि अहिले सम्म १० सेकेण्डकै पल्स रेट कायम रहेको छ ।

२० सेकेण्ड रहेको पल्स रेटलाई दुई वर्ष अघि नै १० सेकेण्ड कायम गरेको प्राधिकरणले त्यसपछि भने थप गृहकार्य गरेको छैन ।

अपरेटर र नेटवर्कको तयारी नपुगेको तथा सिस्टमको अपग्रेड गर्नुपर्ने भएकाले केहि ढिला भएपनि दुई वर्षभित्र जसरीपनि १ सेकेण्ड पल्सरेट कायम गर्ने प्राधिकरणको दावी थियो । 
प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले हाल पल्सरेट घटाउने सम्बन्धमा कुनैपनि योजना नरहेको बताउँछन् । 

'पल्सरेट घटाउँदै लानुपर्ने हो, हाललाई त्यस्तो कुनै योजना छैन, सेवा प्रदायकले विभिन्न सेवाका शुल्क हामिले निर्धारण गरे बमोजिम छ वा छैनन् भन्ने अध्ययन गर्न मात्रै लागेका छौ ।' उनले भने ।  

जति धेरै पल्स रेट, त्यति नै सेवाग्राही मर्कामा पर्छन् । यसअघि प्राधिकरणले पल्स रेटलाई कार्यविधीनै बनाएर घटाउँदै आएको थियो । 

अहिले दूरसञ्चार सेवाप्रदायकले १० सेकण्डलाई एउटा पल्सका रुपमा मानेर सेवाग्राहीलाई सेवा उपलब्ध गराईरहेका छन् । यसको अर्थ कुनै ग्राहकले एक सेकेन्ड कुरा गरेपनि, १० सेकेन्ड कुरा गरेपनि १० सेकेन्डकै पैसा तिर्दै आएका छन् । 

हाल नेपालका दूरसञ्चार सेवा प्रदायकको लागि निर्धारण गरिएको पल्स रेट एसियाकै अन्य मुलुक भन्दा बढि हो । एक एक सेकेण्को महत्व रहने दूरसञ्चार सेवामा १० सेकेण्ड कायम हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

हाल ल्याण्डलाईन बाट कल गर्दा १ मिनेटकै पल्सरेट छ भने अन्तराष्ट्रिय कल गर्दा ३० सेकेन्डको पल्सरेट रहेको छ ।

भ्वाइस सेवाको भविष्य नै नरहेकोले नेपालका दूरसञ्चार कम्पनीहरु पनि छिट्टै डाटा सेन्टिभ मोडलमा जानु पर्ने र पल्स रेट घटाउने वा बढाउने कुराको कुनै तुक नभएको खनालको भनाई छ ।

यो पनि पढ्नुस-इन्टरनेट सेवाप्रदायकको स्पिड वृद्धिको प्रचार : राउटर बेच्ने फण्डा  !

 चिप उत्पादन गर्ने ताइवानी कम्पनीले ३ महीनामै कमायो १५ अर्ब डलर, खुद नाफा नै ६ अर्ब डलर माथि

१० अर्बको सूचना महामार्ग परियोजना : निर्धारितभन्दा दोब्बर समय बित्यो, काम भने आधा मात्रै

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)