ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुधारोन्मुख वैदेशिक रोजगारीमा तेस्रो लहरको धक्का, पुसमा विदेशीनेको संख्या १० हजार कम

२०७८ माघ, ५  
समाचार रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

माघ ५, काठमाडौं । पछिल्लो ५/६ महीनादेखि लगातार बढीरहेको वैदेशीक रोजगारीमा जाने नेपालीहरुको संख्या पुसमा भने साढे १० हजारले घटेको छ ।

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार पुसमा अन्तिम श्रम स्विकृती लिएर विदेश जानेको संख्या ६३ हजार हारहारी मात्रै छ ।

पछिल्लो छ महीनाको तथ्याकलाई हेर्दा करिव ३ लाख नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा २ लाख ९४ हजार २  सय ३६ जना नेपाली वैदेशिक रोजगारीको लागि गएको विभागको तथ्याङ्क छ ।

चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या साउनमा सबै भन्दा कम २५ हजार ४ सय रहेकोमा मंसिरमा सबैभन्दा धेरै ७४ हजार ३५४ रहेको थियो ।

तर मंसिरको तुलनामा पुसमा विदेश जानेको संख्या भने साढे १० हजारले घटेको छ । मंसिरमा ७४ हजार ३५४ जना नेपालीले अन्तिम श्रम स्विकृती लिएकोमा पुसमा भने ६३ हजार ८२५ जनाले मात्रै अन्तिम श्रम स्विकृती लिएको विभागको तथ्याङ्क छ ।  

साउदी अरब जाने बढे

केही वर्ष अघि सम्म नेपाली श्रमिकहरुको पहिलो रोजाइ मलेसिया हुने गरेकोमा पछिल्लो समय भने साउदी अरवको रोजगारीमा आकर्षण बढेको छ ।

पछिल्लो छ महीनामा करिब ३ लाख नेपाली विदेशीदा १ लाख ३ हजार भन्दा बढी नेपाली साउदी अरब गएका छन् । 

पुसको तथ्याङ्कमा पनि साउदी अरबमा २५ हजार १०९ जना नेपाली वैदेशिक रोजगारीको लागि गएका छन् । गत मंसिरमा भने साउदी जाने नेपालीको संख्या २४ हजार ९९२ रहेको थियो । मंसिरको तुलनामा पुसमा ११७ जना बढी कामदार साउदी गएका छन् ।

यूएई र कतार जाने घटे

त्यस्तै दोस्रो ठूलो श्रम गन्तव्यको रुपमा रहेको कतार र तेस्रो ठूलो श्रम गन्तव्य यूएई जाने नेपालीको संख्या भने घटेको छ ।

कतारमा पछिल्लो छ  महीनामा १ लाख १ हजार ९६ जना वैदेशिक रोजगारीको लागि गएका छन् । गत मंसिरमा २३ हजार ७७७ जना नेपाली कामदार कतार गएकोमा पुसमा भने १८ हजार २५० जना नेपाली कामदार मात्रै रोजगारीका लागि कतार गएका छन् ।  

त्यस्तै तेस्रो गन्तव्यको रुपमा रहेको यूनाईटेड अरब इमिरेट्स (यूएई) मा पछिल्लो  छ महीनामा ५८ हजार ११४ जना नेपाली कामदार रोजगारीको लागि गएका छन् । 

गत मंसिरमा १६ हजार ६४७ जना नेपाली कामदार यूएई गएकोमा पुसमा भने १३ हजार ७१४ जना नेपाली कामदार वैदेशीक रोजगारीको लागि गएका छन् । 

पुनः श्रम स्विकृती लिने घटे, मेनपावरबाट जाने बढे

विभागको तथ्याङ्क अनुसार मंसिरमा ३९ हजार ८०० भन्दा धेरै नेपालीले व्यक्तिगत रुपमा पुनः श्रम स्विकृती लिएर विदेश गएका थिए । तर पुसमा भने यसरी पुनः व्यक्तिगत श्रम स्विकृती लिएर विदेश जानेको संख्या ३० हजार ६०० मात्रै रहेको छ । 

संस्थागत रुपमा श्रम स्विकृती लिएर विदेश जाने कामदारको संख्या भने बढेको छ । मंसिरमा संस्थागत श्रम स्विकृती लिनेको संख्या ३१ हजार रहेकोमा पुसमा ३३ हजार २०० नेपाली मेनपावरबाट विदेश गएका छन् । जुन मंसिरको तुलनामा करिब २ हजारले बढी हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)