टोकियो (जापान) । तपाईले कहिले चिठ्ठाको टिकट किन्नु भएको छ ? तपाईलाई चिठ्ठामा कुनै सामान वा पैसा परेको छ कि छैन ? चिठ्ठामा १ अर्ब भन्दा बढी रकम पाउउनु भयो भने तपाई के गर्नु हुन्छ ? आफ्नो टिकट लिएर पैसा दाबी गर्न जानु हुन्छ नि होइन ।
तर जापानमा भने १ अर्ब २० करोड येन (१६ करोड ५६ लाख अमेरिकी डलर)को लटरी टिकट जितेका व्यक्तिले पुरस्कारबापतको रकम दाबी गर्न नगएको खबर सार्वजनिक भएको छ ।
दाबी गर्ने अन्तिम म्याद नजिकिँदै गर्दा पनि विजेता पुरस्कार लिन नआएपछि चिठ्ठा जारी गर्ने स्पोर्ट्स लटरी कम्पनी टोटो ड्रिमलाई पनि समस्या भएको छ । कम्पनीले चिठ्ठाको भाग्यशाली विजेता खोजिरहेको छ । विजेतालाई कम्पनीमा सम्पर्क गरेर जितेको पैसा लगिदिन पनि टोटो ड्रिमले अनुरोध गरिरहेको छ ।
उक्त चिठ्ठाको भाग्यशाली विजेतालाई सम्पर्कमा आएर मद्दत गरिदिन स्पोर्ट्स लटरी कम्पनी टोटो ड्रिमले अनुरोध गरेको छ । सो चिठ्ठा कम्पनीको मेगा बिग लटरीको १२२१ औं पटकको चिठ्ठा भएको बताइएको छ । चिठ्ठा क्रेताले जापानको ओइता प्रिफेक्चरको साइकी शहरमा रहेको कन्भेनियन्स स्टोर चेन कम्पनी लसनको एक स्टोरबाट किनेका थिए ।
स्टोरसँग चिठ्ठा क्रेताको विवरणहरु त छ । तर गोपनीयता कायम गर्न र वास्तविक विजेता नै आएको हो भनेर सुनिश्चित गर्न स्टोरले भाग्यशाली विजेताको नाम र ठेगाना सार्वजनिक गरेको छैन । विजेताले फेबु्रअरी ९ सम्ममा रकम दाबी गरिसक्नु पर्नेछ ।