ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्रेडमिल डेस्कको दीर्घकालीन फाइदा !

Mar 19, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

पछिल्लो समय फेशनेबल बन्दै गएको ‘ट्रेडमिल डेस्क’मा हिँड्दै काम गर्दा कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउन उपयोगी हुने एक नयाँ अध्ययनले देखाएको छ । अमेरिकाको सेण्ट पल मिनिसोटास्थित एक वित्त कम्पनीका ४० जना ट्रेडमिल प्रयोगकर्ता कामदारमाझ १ वर्षसम्म गरिएको अध्ययनले यस्तो देखाएको हो । अध्ययनका क्रममा ट्रेडमिल डेस्कमा प्रतिघण्टा ३ किलोमिटरको गतिमा हिँड्दै टाइप गर्न तथा माउस चलाउन बानी नपरूञ्जेलसम्म भने उनीहरुको उत्पादकत्व घटेको पाइयो । तर, ट्रेडमिल डेस्क प्रयोग गर्न थालेको ४ देखि ६ महीनापछि कामको गुणस्तर, परिमाण र सहकर्मीसँग अन्तरक्रियाको प्रभावकारितामा निरन्तर वृद्धि भएको सर्वेक्षणको नतीजाले देखाएको छ । कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्न अधिकांश संस्थामा यी तीन परिसूचकको प्रयोग बढी हुने भएकाले यस अध्ययनमा पनि तिनीहरुको प्रयोग गरिएको बताइएको छ ।

सर्वेक्षणको अन्त्यसम्म आइपुग्दा ट्रेडमिल डेस्कमा काम गर्ने कामदारको कार्यसम्पादन ट्रेडमिल प्रयोगअघिको भन्दा शून्य दशमलव ६९ अङ्क वृद्धि भएको पाइएको थियो । कर्मचारीको कार्यसम्पादन नतीजालाई १ देखि १० अङ्कको बीचमा मापन गरिएको थियो । त्यसैगरी, ट्रेडमिल प्रयोग गर्ने र नगर्नेहरुको बीचमा कार्यसम्पादन मूल्याङ्कन गर्दा ट्रेडमिलमा हिँड्दै काम गर्ने कर्मचारीले १ अङ्क बढी पाएका थिए । विभिन्न समस्याको समाधान गर्ने रचनात्मक तथा कन्फ्रेन्स कलजस्ता काममा ट्रेडमिलको हिँडाइ बढी उपयोगी हुने पनि अध्ययनले देखाएको छ । ‘ट्रेडमिलमा हिँड्नु भनेको दिमागमा पर्याप्त रक्तसञ्चार हुनु हो’, मिन्नीसोटा विश्वविद्यालयको कार्लसन स्कूल अफ म्यानेजमेण्टका प्राध्यापक तथा अनुसन्धानका सहलेखक एभनेर बेन–नेरले भने, ‘कामदारले थप अक्सिजन पाउने भएकाले सोच्ने क्षमतामा पनि वृद्धि हुन्छ ।’ यो अध्ययन प्रतिवेदन गत महीना अनलाइन पत्रिका पिलोस वानमा प्रकाशित भएको थियो ।

ट्रेडमिल डेस्क रिसर्चको क्रममा दिनभरि बसेर काम गर्ने कामदारको कामचोर व्यवहारलाई पनि ध्यान दिइएको थियो । यसको प्रयोगबाट उनीहरुको काम गर्ने बानीमा सुधार भएको पाइयो । तर, डेस्कको प्रभावकारिताको तथ्याङ्क भने सापेक्ष रुपमा कम नै छ । हालैका दुई अध्ययनले ट्रेडमिलमा हिँड्दै काम गर्दा टाइप गर्ने तथा माउस क्लिकिङजस्ता प्रकृतिका काममा भने गल्तीहरु बढ्ने देखाएको छ । हुन त ट्रेडमिलका अरु समस्या पनि छन् । लड्ने, घाइते हुने तथा मेशिनबाट विद्युतीय झट्का लाग्न सक्ने खतराहरु पनि हुन्छ ।

ट्रेडमिल डेस्कमा काम गर्दा मोनिटर तथा किबोर्डको उचाइलगायतलाई आफूअनुकूल हुने गरी मिलाउन प्रयोगकर्तालाई केही समय लाग्ने बेन–नेरले बताका छन् । उनको समूहले अध्ययनका सहभागीहरुलाई कुनै तालीम दिएको थिएन । तर, रोजगारदाताले कामदारलाई यस्तो डेस्क उपलब्ध गराउँदा यसको सही र सुविधाजनक प्रयोग कसरी गर्ने भनेर पनि सिकाउनुपर्ने उनी बताउँछन् । ‘सियोमा धागो छिराउने काममा त यो पक्कै राम्रो नहोला’, उनले भने, ‘तर ब्रेनको काम गर्ने सबैले भने थाहा पाइराख्दा हुन्छ यदि दिमाग बोधो बनिरहेको छ वा नवीन विचार चाहनुहुन्छ भने एकछिन् हिँड्नुस्, काम गर्न थाल्नुस् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)