ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा यो वर्ष वित्त मन्त्रीले हलुवा सेरेमनी नगर्ने, मिठाईमात्र बाँडियो

२०७८ माघ, १५  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो

माघ १५, नयाँदिल्ली । भारतले अव आउने साताको मंगलवार लोकसभामा बजेट सार्वजनिक गर्दैछ ।

वित्त मन्त्री निर्मला सीतारमणले यो वर्ष कोरोना महामारीका कारण हलुवा सेरेमनी नगरिने भन्दै बजेट - २०२२  पूर्णरुपमा पेपरलेस हुने बताएकी छन् । भारतले सन् २०२१ पनि पहिलो पटक डिजिटल बजेट सार्वजनिक गरेको थियो । भारतमा बजेट तयारी अघि हलुवा सेरेमनी गर्ने प्रचलन छ तर यो वर्ष यो आयोजना गरिने छैन ।

हलुवा समारोहको भारतमा एकदमै पुरानो इतिहास रहेको छ । यो समारोहपछि बजेट तयारी तथा छपाईको काम शुरु गर्ने गरिन्थ्यो । नर्थ ब्लकमा प्रत्येक साल बजेट सार्वजनिक हुनु पूर्व यो समारोहमा वित्त मन्त्रीसमेत मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा बजेट छपाईमा संलग्न कर्मचारी सहभागि हुन्थे ।

र ती अधिकारीहरु यो समारोहपछि बजेट तयारीका लागि कयौं दिनसम्म भूमिगत रहन्थे । यो वर्ष हलुवा सेरेमनीको सट्टा बजेट छपाईमा संलग्न अधिकारीहरुलाई वित्त मन्त्रीले मिठाई खुवाएकी छन् । यो वर्ष वित्त मन्त्रालयले यूनियन बजेट एप लन्च गर्ने योजना पनि बनाइरहेको छ ।

भारतमा सन् २०१९ अघि छालाबाट निर्मित ब्रिफकेसमा बजेट विवरण राखिन्थ्यो तर यो परम्परा विस्तारै परिवर्तन गर्न थालियो । तर जव भारतमा वित्त मन्त्री निर्मला सितारमण बनिन् तव उनले ब्रिफकेसको सट्टा रातो रंगले बेरिएको बहिखाता चुनिन् । यो भारतको परम्परागत व्यापार व्यवसायको प्रतिक पनि थियो ।

भारतमा बजेटको इतिहास अंग्रेजबाट स्वतन्त्र हुनु अघिदेखि नै रहेको छ । भारतमा पहिलो पटक सन् १८६० मा बजेट पेश गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमा पहिलो पटक सन् २०१७ मा अरुण जेट्ली वित्त मन्त्री बनेका थिए । उनको कार्यकालमा पनि बजेट पेश गर्ने शैलीमा धेरै परिवर्तन गरिएको थियो । मोदी सरकारअघि भारतमा रेलवेको लागि अलग बजेट पेश गरिन्थ्यो तर यो परम्परा पनि सन् २०१७ बाटै हटाएर रेल बजेट आम बजेटको हिस्सा बनाइएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

ramram

[Feb 15, 2022 07:05am]

varat ko budget ko k kura garne. tyha ko choprasi ko pension nepal ko hakim ko vanda dherai hunxa.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)