ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा वार्षिक २५ करोड बराबरको मह उत्पादन

२०७८ माघ, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । महमा आत्मनिर्भर मानिएको चितवनमा वार्षिक २५ करोड रुपैयाँ बराबरको मह उत्पादन हुने गरेको छ । उत्पादित महको एक तिहाइ मात्र जिल्लामा खपत भएर बाँकी निकासी हुने गरेको छ । नेपाल मौरीपालक महासंघका अनुसार चितवनमा वार्षिक ५०० टन हाराहारीमा मह उत्पादन हुँदै आएको छ ।

देशभर हुने उत्पादनको ५५ प्रतिशत हिस्सा चितवनमा उत्पादित महले ओगट्ने गरेको छ । चार वर्षअघिसम्म यो हिस्सा ७० प्रतिशत थियो । जिल्लामा २०७५ सालसम्म वाार्षिक ८०० टन मह उत्पादन हुने गरेको छ । त्यसयता मौरीको चरन अभाव, विषादी र गुणस्तरीय रानो मौरी नभएकाले उत्पादन घटेको हो । उत्पादन घटे पनि चितवन मह उत्पादनको हिसाबले आत्मनिर्भर रहेको नेपाल मौरीपालक महासंघका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले बताए । चितवनमा ५५० किसानले व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका छन् । औसत मह थोकमा प्रतिकिलो ५०० देखि ७००  रुपैयाँमा विक्री हुँदै आएको छ । जिल्लामा ३५ हजार मौरीका घार छन् । चिउरीसहित अन्य जंगली फूलबाट ७० प्रतिशत र तोरीसहित अन्य बालीबाट ३० प्रतिशत मह उत्पादन हुने गरेको उनले बताए ।

जिल्लाका किसान दाङ, रूपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके, बर्दिया, गोरखा, सर्लाही, बारा, पर्सा, महोत्तरीलगायत जिल्लामा मौरी चराउन घार लिएर जाने गरेका छन् । तोरी, फापर, चिउरी, रुधिलो, शिशौ, मसला, जंगली तथा अन्य जैविक फूल मह उत्पादनका स्रोत हुन् । यस वर्ष चिउरीको फूल लगभग १० प्रतिशत मात्र फुलेकाले मह उत्पादनमा कमी आएको बताइएको छ । देशभर उत्पादन हुने महमा चिउरीसहित अन्य जंगली फूलबाट ७० प्रतिशत र तोरीसहित अन्य बालीबाट ३० प्रतिशत उत्पादन हुने गरेको छ ।

यस वर्ष तोरीको फूल राम्रोसँग फुलेकाले तोरीबाट हुने मह उत्पादनमा भने कमी नभएको उनले बताए । चितवनका अधिकांश किसानले पनि तोरीको फूल फुल्ने समयमा विषादीको प्रयोग गरेका छैनन् । यसले गर्दा पनि तोरीको मह उत्पादनमा समस्या नभएको उनी बताउँछन् । चितवन दूध र पोल्ट्री, माछामा पनि आत्मनिर्भर जिल्ला हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)