ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तत : कवाडी लिलाम गर्ने योजनामा माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

२०७८ फागुन, ४  
बागमती प्रदेश र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

फागुन ४, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कवाडी सामान अन्तत : लिलामी गरिने भएको छ । 
लट १ को ठेकेदार सिनो हाइड्रोका यन्त्र उपकरण तथा अन्य निर्माण सामगीहरू अन्यत्र लैजान विभिन्न समूहले कवाडी ठानी रोकेपछि आयोजनाले कवाडी जन्य वस्तुहरू लिलाम गर्ने भएको हो ।

आयोजनाका विभिन्न संरचना निर्माण तथा जडान गर्दा निश्किएका स्थायी संरचनामा प्रयोग हुन नसक्ने खालका कवाडी जन्य वस्तुहरु आयोजनाको आर्थिक प्रशासन विनियमावली र प्रचलित कानूनको अधिनमा रही लिलाम गर्न लागिएको आयोजनाका उप–प्रबन्धक विमल गुरुङले जानकारी दिए । 

खरीद सम्झौता अन्तर्गत लट १ को ठेकेदार सिनो हाईड्रोले काम गर्दा उत्पादन भएका कवाडी सामग्रीहरु तथा अन्य काम नलाग्ने कवाडी लिलाम विक्री गर्न सीनो हाइड्रोसँग सहमती भई निर्णय भइसकेको उप–प्रबन्धक गुरुङको भनाइ छ । 

लट १ सिभिल संरचना निर्माणको ठेकेदार कम्पनी सिनोहाइड्रोले माथिल्लो तामाकोशीमा काम सम्पन्न गरेपछि आफ्ना उपकरण तथा आफैंले खरीद गरेका सामान आयोजना स्थलबाट लैजान खोज्दा विभिन्न स्थानीय समूहहरुले रोक्ने गरेका छन् ।  सबै सामानहरुलाई कवाडी देख्दा समस्या उत्पन्न भएको सिनो हाइड्रोका लामावगरस्थित साइट इन्चार्ज लि सिङ ह्वाङले बताए ।

विगत ६–७ महीनादेखि सिनोले ठेक्का लिएका तनहुँ, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा रहेको जलविद्युत् आयोजनामा काम गर्न मेसिन तथा अन्य काम लाग्ने सामान लैजान स्थानीयहरुले अवरोध गरिरहेकोले समस्या भएको उनको भनाइ छ ।  प्रशासनले सुरक्षा नदिएका कारण यो समस्या आएको सिनोमा कार्यरत एक नेपाली कर्मचारीको दावी छ । 

सिनोले सामान लान नदिएको गुनासो गरेपछि माथिल्लो तामाकोशीका अधिकारीहरु जिल्ला प्रशासन कार्यालयमा जाँदा भेट गर्नसमेत नदिएको आयोजनाका अधिकारीहरुको गुनासो छ । 

आयोजना निर्माण स्थल गोंगर र लमाबगरमा यत्रतत्र रहेको करोडौं मूल्यका कवाडी हत्याउन विभिन्न समूहको आँखा लाग्दा सिनोले आफ्ना उपकरण, उपकरणका पार्टपूर्जा तथा खरीद गरेका सग्ला सामानसमेत लैजान सकेको छैन । समयमै सामान लैजान नपाउँदा आफ्ना सामानहरु चोरी हुने क्रम बढेको सिनो हाईड्रोका इञ्जिनीयर दिनेश यादवले बताए । 

कवाडी सामान एकत्रित गरि त्यसको तौल लिएपछि टेन्डर आह्वान हुने आयोजनाले बताएको छ । निर्माण स्थलमा  सिनो हाइड्रोले खरीद गरेका सामान प्रयोग गर्दा निस्किएको, तामाकोशी आयोजना आफैंले खरीद गरी प्रयोग गर्दा निस्किएका र केही एन्ड्रीज हाइड्रोले काम गर्दा निस्किएका कवाडी सामानलगायत रहेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

ramram

[Feb 16, 2022 10:38am]

lazzaspad harkat. prasasan gair jimmewar.yo desh ko manasikta kabadi bata mathi nauthne vo.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)