ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रविधिले फेरिँदै विज्ञापन शैली : होडिङ बोर्ड हटाएर डिजिटल बोर्ड, सयौं कम्पनीको विज्ञापन एकसाथ

२०७८ चैत, १०  
प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

चैत १०, काठमाडौं। पछिल्लो समय नेपालले प्रविधिको क्षेत्रमा ठूलै फड्को मारीरहेको छ । सम्भव भएसम्म हरेक क्षेत्रलाई प्रविधि मैत्री बनाउने कोसिस पनि भईरहेकै पाईन्छ । प्रविधिको गुणस्तर र स्तरियता के छ त्यो फरक पाटो हो, तर नेपालमा हरेक क्षेत्रमा नयाँ प्रविधिको प्रयोग संगै शैली पनि फेरिएको भने पक्कै छ ।

यसरी नै प्रविधि संगै फेरिएको एउटा क्षेत्र हो सूचना तथा सञ्चारको क्षेत्र । नयाँ प्रविधि संगै परिमार्जित हुने क्रममा सूचनाका शैलि बदलिदै जाँदा त्यसरी नै बद्लिरहेको एउटा क्षेत्र विज्ञापनको शैलि पनि हो । काठमाडौका ठूला सडक वरपर तथा चोकहरुमा अहिले ठूला ठूला डिजिटल डिस्प्लेहरु छन् । ती डिस्प्लेमा हरेक मिनेट भिन्न भिन्न कम्पनीका विज्ञापनहरू देख्न पाइन्छ । 

केहि बर्ष पहिले एकाध स्थानमा मात्रै देखिने यस्ता डिस्प्ले अहिले भने काठमाडौका प्रमुख व्यापारिक स्थानमा धेरै नै देखिन्छन् । 

केही समय अघिसम्म घरको छतमा फलामे डण्डीको सहायताले ठूला होर्डिङ बोर्ड राख्ने र बिज्ञापन गर्ने चलन थियो । त्यसरी विज्ञापन राख्दा कुनै एउटा कम्पनीको मात्रै विज्ञापन प्रीन्ट गरेर राखिएको हुन्थ्यो । 

अहिले भने उही ठाउँमा डिजिटल डिस्प्ले राख्दा एकै पटक सयौ कम्पनीको विज्ञापन देखाउन सकिन्छ । केहि बर्ष पहिले लोडसेडिङका कारण पनि यस्ता बोर्ड सञ्चालन हुन समस्या थियो । नियमित विद्युत आपूर्तिसंगै डिजिटल विज्ञापनको नयाँ यूग शुरू भएको छ ।

हाल त्रिपुरेश्वर, सुन्धारा, माईतिघर, बानेश्वर चोक, पुतलीसडक, दरवारमार्ग, बागबजार, कलंकी लगायतका स्थानमा यस्ता डिजिटल बोर्ड राखेको देखिन्छ ।

सञ्चालनमा आएका यस्ता डिस्प्ले राख्न दिने नदिने भन्ने स्थानीय तहको हातमा हुने नेपाल विज्ञापन बोर्डले बताएको छ ।

बोर्डका सूचना अधिकारी दिलिप कुमार महर्जनका अनुसार स्विकृती स्थानिय तहले दिने र बोर्डले नियमन गर्न भएकाले विभागले सञ्चालन कार्यविधि बनाइरहेको छ । ‘स्विकृती स्थानिय तहले दिने र हामीले नियमन गर्ने हो । नियमनका लागि हामीसंग नियमावली छैन,’ उनले भने, ‘नियमावलीको मस्यौदा तयार हुँदै छ ।‘

कार्यविधि नहुँदा हाल कस्ता विज्ञापन बजाउन दिने वा कस्ता नदिने भन्ने बोर्डसंग स्पष्ट आधार छैन । ‘डिजिटल डिस्प्ले नियमन गर्ने नयाँ कार्यविधीमा कस्ता विज्ञापन प्ले गर्न पाउने/नपाउने, बाटोको दुरी देखी कति मिटर टाढा हुनुपर्ने, जस्ता बिषय समावेस गरेर कार्यविधी तयार पार्छौं ।‘ महर्जनले अभियानसंग भने । 

होडिङ बोर्ड र फ्लेक्सले  कुरुप बनेको शहरमा यस्ता डिजिटल डिस्प्लेले शहरको रौनक त फेरिएको छ तर अस्वभाविक लाईटिङका कारण राती दुर्घटनाको जोखिम पनि रहने देखिन्छ । 

यस्तै बिभिन्न महत्वपुर्ण कार्यक्रम, खेल विश्वकप जस्तै भिडियो लाईभ स्ट्रिमिङ हुँदा सडकनै जाम हुने लगायतका समस्या समेत हुनसक्ने भएकाले यस्ता डिस्प्लेलाई नियममावली नै बनाएर नियमन गर्नुपर्ने बोर्डले भनाइ छ । 

फोटोहरू सुनिल शर्मा/अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)