ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

के तपाईं अफिसको काममा छु भन्दै ठग्नु हुन्छ ? ‘स्मार्ट हाजिर’ ले पत्ता लगाउँछ तपाईंको लोकेसन !

२०७८ चैत, १६  
प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

चैत १६ काठमाडौं। के तपाईंका कर्मचारी काममा छु भनेर ठगिरहेका छन् ? कर्मचारीले काम चोरीरहेका छन् भने तपाईंको कर्मचारीको निगरानी राख्न ‘स्मार्ट हाजिर’ एप सहयोगी हुन सक्छ ।

बेलायतमा अध्ययन गरेर फर्केका रियल इस्टेट व्यवसायी प्रशन्न धरेलले सञ्चालनमा ल्याएको स्मार्ट हाजिर एपले कर्मचारी र रोजगारदाता दुबैलाई काम लाग्ने दर्जनौ सुविधा दिएको छ ।

के हो स्मार्ट हाजिरी, कसरी गर्छ काम ?
यो एउटा  मोबाइल एप्लिकेसन हो । यसले कार्यलयमा कार्यरत कर्मचारीको दैनिक हाजिरी मात्रै नभइ हाजिर भइसकेपछि कर्मचारीहरू तोकिएकै काममा छन् या छैनन् भन्ने पनि पत्ता लगाउँछ ।

यो एप मोबाइलमा राखिसकेपछि व्याक्तीको लोकेसन समेत ट्रायाक गर्ने हुँदा आफ्नो कर्मचारी कार्यलयमा छ वा छैन, तोकिएको स्थानमा पुग्यो की पुगेन लगायतका जानकारी सिधै व्यवस्थापनलाई दिन्छ । 

नेपालको कानूनले कसैको लोकेसन अनुमती बिना ट्र्याक गर्न दिदैन । त्यसैले स्मार्ट हाजिरले पनि कर्मचारीलाई एउटा फर्म भर्न लगाएर उनीहरूको अनुमति लिएर मात्रै ट्र्याक गर्ने धरेलले बताए ।

‘लोकेसन ट्र्याक गर्ने कुरा अफिसमा हाजिर हुन नसकेको अवस्थामा मात्रै हो । अफिसमा रहेको नेटवर्कमा मात्रै एप चल्छ । धरेलले भने, ‘नेटवर्क भन्दा बाहिर दुईओटा कुरा मात्रै सम्भव छ । एउटा विदा लिने फर्म भर्ने र अर्को लोकेसन शेयर गरेर हाजिर गर्ने । कर्मचारीले लोकेसन शेयर गर्न चाहेन भने बिदाको फर्म भर्नुपर्ने हुन्छ ।’

एक पटक लोकेसन शेयर गरेर हाजिर गरेमा कर्मचारीले चेक आउट नगरेसम्म उसको लोकेसनमा व्यवस्थापनको पहुँच हुन्छ । अर्को दिनको लागि भने पुनः नयाँ हाजिर वा लोकेसन शेयर गर्नुपर्छ । 

एपले हाजिर गर्नको लागि कर्मचारीसंग भएको स्मार्ट फोनमा जस्तो सेन्सररको सुविधा छ त्यस्तै विकल्प दिन्छ । अर्थात क्यामेरा भए फेस रिडिङ, स्क्यानर भए  फिङगर प्रिन्ट वा किल्क टुल्स प्रयोग गर्ने विकल्प एपले दिन्छ ।

कर्मचारीलाई पनि फाइदै फाइदा
कर्मचारीलाई अफिस पुग्ने समय र अफिसटाईम सकिएको वा ओभरटाईम समेतको नोटिफिकेसन दिन्छ । एटेन्डेन्स नगरेसम्म एपले बारम्बार एटेन्डेन्स गर भनेर नोटिफिकेसन दिन्छ । यसोगर्दा कुनै पनि कर्मचारीको एटेन्डेन्स छुट्ने संभावना कम हुने धरेलको भनाइ छ । 

एउटै नेटवर्कको वाईफाईमा मात्रै एटेन्डेन्सले काम गर्ने हूँदा कर्मचारीलाई अफिस नै आउनुपर्ने बाध्यता भने हुन्छ । अर्थात कार्यलयले सेट गरेको नेटवर्कबाट मात्रै एटेन्डेन्स हुन्छ । कर्मचारीलाई कार्यलयकै वाईफाई नेटवर्कबाट हाजिर लगाउने र चेकआउट पनि सोहि नेटवर्क बाट गर्नुपर्ने भएकाले घरबाटै हाँजिर लगाउन वा बाटोबाटै हाँजिर गर्न दिँदैन । तर, अन्य नेटवर्कबाट एटेन्डेन्स गर्नुपरेमा लोकेसन ट्र्याक गर्ने अनुमती भने दिनुपर्ने छ । रोजगारदाताले स्वीकृत गरेपछि उसको रियल टाईममै हाजिर हुन्छ ।   

एपले सार्वजनिक बिदा सहित कार्यलयका ईभेन्टहरुको समेत जानकारी दिने गर्छ ।  मोबाइल र ल्यापटप बाट सबै कुरा ह्ण्डयाल गर्न सकिने यो एप एण्ड्रोईड र आईओएस दुवैमा भर्सनमा उपलब्ध छ ।

कती लाग्छ खर्च ?
२५ जना सम्म कर्मचारी भएको कम्पनीले प्रति वर्ष मात्र ७ हजार रुपैयाँ तिरेर यो सेवा लिन सक्छन् । त्यो भन्दा बढी कर्मचारी भएमा प्रतिव्याक्ति २०० रुपैयाँ थप शुल्क लाग्ने धरेलले बताए ।

करीब ३० लाख लागतमा निर्माण गरिएको यो एपलाई लाईफटाईम चलाउने भए ३ लाख देखी ९ लाख रुपैयाँसम्मका प्याकेज दिन सकिने उनले बताए । 

‘सिस्टम प्रयोग गर्न चाहाने युजरलाई आजै पैसा चाहियो पनि भन्दैनौ । प्रयोग गरेर हेर्नुस अनिमात्र पैसा दिनुस भन्छौ ।’ उनले भने ‘अहिले १०० बढी कार्यलयमा स्मार्ट हाजिर शुरु भएको छ । धेरै कम्पनीले नयाँ आर्थिक वर्षदेखि शुरु गर्ने भनेका छन् ।’ 

खासै महत्वपूर्ण डाटा नहुने र युजरका डाटा सूरक्षाको जिम्मा लिन सम्झौता नै गरेर सेवा दिने भएकाले डाटा सुरक्षाको विषयमा ढुक्क भएर सेवा लिन सकिने धरेलको भनाइ छ ।

यसरी बन्यो एप 
एप निर्माता धरेल बेलायतको प्रतिष्ठित यूनिभर्सिटीबाट एमबिए अध्ययन गरी नेपाल फर्केका एक रियल इस्टेट व्यवसायी हुन । नेपालमा पनि व्यवस्थित तवरले रियल इस्टेटको काम गर्न सकिन्छ भनेर नेपाल आएका धरेल सोही व्यवसायमै आवद्ध छन् । 

नेपाली कार्यलयले एटेन्डेन्स सिस्टम खरीदमा गरेको खर्च देखेपछि नेपालीले प्रविधि प्रयोग गर्न हतार गर्ने तर आँफै विकास गर्नेतर्फ नलाग्ने भएकाले धरेलले आफैले एप बनाउने योजना अघि सारेका थिए ।  

आजभोलि स्मार्ट फोन नहुने कमर्चारी कमै हुने र उनिहरुकै फोनलाई प्रयोग गर्नसके खर्च कम र समयको बचत हुने भएकाले यस्तो एप बनाइएको धरेल बताउँछन । 
बजारमा महँगा मूल्यका डिभाईस किनेर जडान गर्ने तर, त्यसमा आउने समस्या तथा मर्मतमा लाग्ने समयका कारण प्रभावकारी नभएको देखेपछी विकल्प खोज्नुपर्ने सोच आएको उनले बताए ।  

यो एप ०७६ संसिरमै तयार भएपनि परीक्षण गर्दैमा २ वर्ष लागेको उनको भनाइ छ । 

एउटा कार्यलयमा ५० जना कर्मचारी छन र बायोम्याट्रिक डिभाइसबाट पालो पालो हाजिर गर्दा २५/३० मिनेट समय पालो कुर्नुपपर्छ । अझ १०० बढी कर्मचारी भएका कार्यलयमा झन घण्टौं सम्म लाग्न सक्छ । तर स्मार्ट हाजिर भने एकैपटक सबैले प्रयोग गर्न सकिने भएकाले यो एप प्रभावकारी बन्ने धरेल बताउँछन् । 

एप बनाउने योजना गर्दा सल्लाह दिने साथीहरूले जब लगानी गर्ने कुरा आउँदा उनलाई पत्याएनन् । ‘चल्दैन भन्दै साथ छोडे ।  बजारले दिएको सन्तुष्टी र ग्राहकले दिएको प्रतिक्रियाले हौसला मिलेको छ । अहिले तिनै सथिहरु सहकार्य गर्न चाहीरहेका छन् । तर म एक्लै अगाडि बढिसकेको छु,’ ‘उनले अभियानसंग भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)