ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगारी बहिष्कार !

२०७८ चैत, २४  
मधेश प्रदेश रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

रौतहट । एक न एकजना वैदेशिक रोजगारीमा नगएको गाउँ नेपालमा शायदै भेटिएला । तर, ७ सयभन्दा बढी घरधुरी भएको रौतहटको एउटा गाउँबाट रोजगारीका लागि कोही पनि विदेश नगएको दाबी गर्छन्, स्थानीय नर्सरी व्यवसायी रामप्रवेश साह । त्यो गाउँ हो– कटहरिया नगरपालिकाको वडा नम्बर ३ मा पर्ने बिर्तिप्रस्टोका ।

उक्त गाउँका युवाले फलफूल र काठ जातका रुखको बिरुवा बेचेरै मनग्य आम्दानी गरिरहेकाले कोही पनि विदेश नगएको उनको दाबी छ । बिर्तिप्रस्टोका गाउँमा ७ सयभन्दा बढी घरधुरी छ । प्रत्येक घरधुरीको मुख्य आयस्रोत बिरुवा हो ।

बन्दना फलफूल नर्सरी बागवानी फर्मका सञ्चालक साह नर्सरीबाटै मनग्य आम्दानी भएपछि यहाँका युवामा विदेश जाने रुचि नै नभएको बताउँछन् । नर्सरीमै मेहनत गरेर उनीहरुले विदेशमा भन्दा बढी कमाउने गरेको साहले बताए ।

उनका अनुसार एउटा नर्सरीबाट वार्षिक ५ देखि ३० लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ । ‘यहाँ दर्ता गरिएका फलफूल नर्सरी तथा बागवानी फर्म नै २ सयभन्दा बढी छन्,’ उनले भने । उक्त गाउँमा ७० विगाहाभन्दा बढी क्षेत्रफलमा विभिन्न प्रजातिका फलफूल र काठ जातको रुखको नर्सरी छ । अधिकांश किसानको करेसाबारीमा समेत फलफूलका बिरुवा देखिन्छ । नर्सरीमा विशेष गरी फलफूल, घर सजावट तथा काठ उत्पादन हुने जातका  बिरुवा छन् ।

बिर्तिप्रस्टोकाकै अर्का नर्सरी व्यवसायी खेन्हाराय यादवले बिरुवा बेचेर वार्षिक २० देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए । उनले ३ विगाहा खेतमा आँप, कटहर, स्याउ, सुन्तला लगायतका बिरुवा उत्पादन गर्छन् । यादवका अनुसार यहाँ उत्पादित बिरुवा देशका विभिन्न जिल्लाका साथै भारतको बिहारसम्म पुग्छ । भारतीय व्यापारीले नर्सरीमै आएर बिरुवा किन्ने गरेको उनले बताए ।

फलफूलमा आँप, लिची, कटहर, कागती, अम्बा, अनार, केरा, नरिवल, घर सजाउने अशोक, समी, धुपी लालुपाते, गुलाफ र काठ उत्पादन हुने बकाइनो, टाँकी, बडहर, बाँस सिसौ, सिमल, जामुन, टिक, लगायतका बिरुवा अधिक उत्पादन हुने नर्सरी सञ्चालक बताँउछन् ।

कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहका अनुसार बिर्तिप्रस्टोका गाउँलाई बिरुवा उत्पादनको पकेट क्षेत्र मानिन्छ । बिरुवा व्यवसायीलाई प्रोत्साहित गर्न नगरपालिकाले सिँचाइ, प्रविधिक सल्लाह लगायत विभिन्न किसिमका कार्य गर्र्दै आएको कुशवाहले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)