वैशाख १३, काठमाडौं । गोरखा भूकम्पको सोमवार सात वर्ष पूरा भएको छ । २०७२ सालको वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले काठमाडौंसहित देशका विभिन्न भागमा रहेका पुरातात्विक महत्वका सम्पदामा ठूलो क्षति पुर्यायो ।
यस भूकम्पबाट सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुगेको थियो । काठमाडौंकों हनुमानढोका दरबार, ललितपुर र भक्तपुर क्षेत्रको साँस्कृतिक सम्पदा र दरबारहरु क्षतिग्रस्त भएका थिए ।
उपत्यकाको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये हनुमानढोका दरबार परिसरका ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको काष्ठमण्डप, गद्दी वैठक जस्ता सम्पदा क्षतिग्रस्त भएकामा केहीको पुनःनिर्माण सकिएको त केहीको सकिने क्रममा, केहीको शुरु गरिंदै छ भने केही सम्पदाहरु अझै टेकोको भरमा नै उभिएका छन ।
तस्वीरहरू : सुनिल शर्मा / आर्थिक अभियान