बैशाख १८, काठमाडौं । भीडभाड, भागदौड, धुलो/धुवाँ र फोहोरका कारण अस्तव्यस्त बन्दै गएको काठमाडौं शहरलाई यतिबेला भने बैजनी रंगका फूलहरू ज्याकारान्डाको सुन्दरताले मनमोहक बनाएको छ ।
काठमाडौंको कमलपोखरी, रत्नपार्क, टुडींखेल, दरबारमार्ग, भृकुटीमण्डप, घण्टाघर, बबरमहल, सिंहदरबार, थापाथली तथा ललितपुरको महालक्ष्मीस्थान वरपरका सडक बैजनी रंगले रंगीन बनेका छन् ।
चैतदेखि विस्तारै फुल्ने ज्याकारान्डा फूलहरुले उपत्यकाका सडकहरुलाई जेठसम्म ढपक्क छोप्छन् ।
सबै तस्वीरहरू सुनिल शर्मा /आर्थिक अभियान