ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युट्युब हेरेर उद्यमी बनेकी २३ वर्षिया दिक्षा : नेपालमा विदेशी चकलेटलाई टक्कर दिएर विदेशमै निर्यात

२०७९ बैशाख, २९  
समाचार र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

वैशाख २९, काठमाडौं । काठमाडौं बसुन्धराकी दिक्षा पौडेल उमेरले २३ वर्ष मात्रै लागिन् । 

स्कुल कलेज पढ्ने उमेरमा धेरै जना विद्यार्थीहरू सामाजिक सञ्जालमा घण्टौ समय बिताउँछन् । बीबीए अध्ययन गर्दै गर्दा दिक्षाले पनि घण्टौसम्म सामाजिक सञ्जालमा समय बताइन् । तर उनले त्यसलाई मनोरञ्जनमा मात्रै सीमित राखिनन् ।

युट्युबमा राखिएका भिडियो हेरेर आफैले चकलेट बनाउने प्रयास गरिन् । अन्तत उनले राम्रो र गुणस्तरीय चकलेट उत्पादन गरेर बजारमा ल्याइन् । उनको चकलेट अहिले नेपालमा मात्रै नभएर विदेशमा पनि निर्यात हुने गरेको छ ।

अहिले नेपाली बजारमा विभिन्न स्वादका विदेशी चकलेट जतिपनि भेटिन्छन् । तर नेपालमै उत्पादन गरिएका राम्रो गुणस्तरका चकलेट भने कमै मात्रै भेटिन्छन् । नेपालमा स्वदेशी उत्पादनका चकलेट धेरै नभएको मौकामा दिक्षाले याम्मिस्टिक ब्रान्डका चकलेट बजारमा ल्याएकी हुन् । 

याम्मिस्टिक चकलेटले  हाल नेपालमा उत्पादन भइरहेको बार चकलेटको ब्रान्ड हो । याहाँ बीन्स रोस्ट गरेर स्वस्थ डार्क चकलेट पनि बनाउने गरेको याम्मिस्टिक चकलेटकी संञ्चालिका पौडेलले बताइन् । याँहा उत्पादन भएको चकलेट नेपाली युवा पुस्तामा निकै प्रख्यात भइसकेको पनि उनको भनाइ छ।

दिक्षाले २०७७ सालको साउन महीनाबाट यो व्यवसायमा लागेकी हुन् । उनले ७० हजार रुपैयाँबाट शुरु गरेको यो व्यवसाय अहिले ६ लाख रुपैयाँको पुगिसकेको छ । 

बिगत २ वर्षदेखि यो व्यवसायमा लागेकी उनले मासिक एक लाख रुपैयाँ भन्दा बढीको चकलेट बेचेर ५०/६० हजार रुपैयाँ बचाउँदै आएको बताइन् ।

पौडेलले पद्मकन्या क्याम्पस बाट बीबीएम गरेकी छिन् । उनले यो व्यवसायमा लाग्दा स्नातक तहको दोस्रो सेमेस्टरमा थिइन् । 

भविष्यमा व्यवसायी नै बन्छु भन्ने अठोट गरेकी दिक्षाले प्लस टु अध्ययन गर्दा गर्दै स साना व्यवसायमा हात हालेकी थिइन् ।

यस अघि उनले शुरु गरेको कपडाको व्यवसाय भने असफल भयो । व्यवसाय असफल भएपनि त्यहाँबाट धेरै कुरा सिकेकी दिक्षाले अहिले त्यतीबेलाको अनुभवबाट सिकेर यो व्यवसायलाई सफलता तिर डोर्यााउँदै आएकी छिन् ।

'धेरै लगानी गर्दैमा व्यवसाय सफल हुन्छ भन्ने होईन्, यदि हामी संग राम्रो व्यवसायको ज्ञान र आईडिया छ भने थोरै लगानीबाट पनि सफल हुन् सकिन्छ ।’ उनले अभियानसँग भनिन् । 

चकलेट पारखी दिक्षाले व्यवसायीक रुपमा चकलेट बनाउनु अघि घर परिवारका सदस्यको लागि चकलेट बनाएर खुवाउने गर्थिन् । परिवारका सदस्यले राम्रो बनायौ भनेपछि उनलाई व्यवसायीक रुपमा उत्पादन गर्न सकिन्छ भन्ने लागिसकेको थियो ।

त्यसपछि युट्यूब हेरेरै धेरै कुरा सिकेर उनले नेपालमा पनि विदेशी चकलेट जस्तै देखिने र स्वाद पनि मिठो भएका चकलेट बनाउन शुरु गरेकी थिइन् ।

विभिन्न स्वादका चकलेट बनाएर सामाजिक सञ्जाल मार्फत विक्री वितरण गर्दै आएकी उनी विदेशबाट आउने अर्डर लिएर विदेशमा रहेका नेपालीहरूलाई पनि चकलेट निर्यात गर्न थालेको बताउँछिन् ।

अहिले याम्मिस्टिकमा २० भन्दा बढी फ्लेवरका चकलेट बनाएर बेच्दै आएकी छिन् । पौडेललाई व्यवसायमा आफ्नै परिवारको सदस्य आमा र दाईको सहयोगले चलाईरहेकी छिन् । 

याम्मिस्टिकमा डार्क वर्गको चकलेट, स्पेशल वर्गको चकलेट, डुअल चकलेट, कस्टुमाईज चकलेट बार, डार्क, ह्वाइट, स्ट्रबेरी, मिल्क गरी २० ओटा फ्लेवरमा पाईन्छ । 

उक्त चकलेटहरु १२५ रुपैयाँदेखि १००० रपैयाँसम्म पर्ने गर्छन् । नेपाल भित्र भने सबै भन्दा बढी ग्राहकले रुचाउने डार्क ह्वाइट र बक्स चकलेटहरु हुन् । 

त्यसैगरि,  चाड पर्वहरुमा उपहार सहितको प्याकेज पनि निकै लोकप्रिय भएको पौडेलले बताईन् । त्यसैगरी ग्राहकहरुको अर्डर अनुसार फोटो राखेर कस्टुमाईज पनि गर्ने गरेको उनले बताईन् । साथै, भ्यालेनटाईन डे, आमाको मुख हेर्ने दिन, रक्षा बन्धन प्याकेजहरुमा हप्तामा साढे दुई लाख देखि तीन लाख रुपैयाँभन्दा बढीको अर्डर आउने गरेको बताईन् । 

उनले अहिले आफ्नो पुरा समय व्यवसाया दिएकी छिन् । उनले बनाएको चकलेटहरु नेपालको ७७ ओटै जिल्लमा पुग्ने गरेको उनको दाबी छ ।
काठमाडौ, पोखरा र चितवनमा अन्यत्र भन्दा धेरै ग्रहक रहेको उनले बताईन् । 

यो व्यवसायमा शुरुदेखि नै कति ग्राहकहरु रेगुलर ग्राहक बनेका छन् । उनीहरुको सन्तुष्टिले नै यहाँसम्म आएको उनले बताईन् । 

८० प्रतिशत ग्राहक रेगुलर ग्राहक हुन् । उनले उत्पादन गरेको चकलेटहरू अनलाईनमा दराज, ग्यापु, साथी मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरुमा पनि विक्री भइरहेको छन् । 

याम्मिस्टिकमा अहिले धेरैजसो बाहिर भएका नेपालिहरुले अर्डर गर्ने गरेका छन् । बाहिरका ग्राहकले नेपालमै आफ्ना आफन्तहरुलाई पठाउनका लागि अर्डर गर्ने गरेको छन् । आगामि दिनहरुमा विदेशमा पनि निर्यात गर्ने योजना रहेको पौडेलले बताईन् । अब छिट्टै आफ्नै वेव साईट पनि खोल्ने र भाटभटेनी, सेल्सबेरी संग पनि सहकार्य गर्ने उनको योजना छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)