ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनावी रौनकले नछोएको एउटा समूह : जसले मताधिकार प्रयोग गर्दा परिवार भोकै रहन्छ (फोटो फिचर)

२०७९ बैशाख, २९  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

वैशाख २९, काठमाडौं । देश अहिले चुनावमय भइसकेको छ । शुक्रवार बिहान ७ बजेबाटै देशैभर एकसाथ मतदान शुरु हुँदै छ ।

मतदान गर्न काठमाडौं उपत्यकाबाट करीब ६ लाख भन्दा बढी मानिसहरु गाउँ फर्किसकेका छन् । तर दैनिक मजदूरी गरेर हातमुख जोड्नेलाई भने स्थानीय तह चुनावको रौनक लाग्नै सकेन ।

कतै ठेकेदारले समयमै काम सकाउन दबाब दिएर त, कतै आफ्नै घर निकै टाढा भएका कारण काठमाडौंमा दैनिक ज्याला मजदूरी गरेर खाने एउटा समूह स्थानीय चुनावमा मतदान गर्न गाउँ फर्किन सकेको छैन ।

धेरै जसो ठाउँका उम्मेदवारहरूले आफ्ना मतदातालाई आउने जाने गाडीको प्रबन्ध मिलाएका थिए । तर मतदान गर्न जाँदा कम्तिमा ४/५ दिन समय लाग्ने र त्यत्रो दिन काम छोड्दा घर खर्च चलाउनै नसकिने भएपछि गाउँ नफर्केको एक मजदूरले बताए ।

त्यस्तै न्युरोडमा दैनिक भारी बोकेर बिहान बेलुकाको छाक टार्ने भरियाहरू पनि स्थानीय चुनावमा गाउँ फर्किएका छैनन् ।

बजार सुनसान भएका कारण आज र भोलि के खाने भन्ने ठेगान नभएको अवस्थाा ४/५ दिनको लागि घर जाने कुरा सोच्नै नसकिने एक भरियाले बताए ।

फोटो : सुनिल शर्मा / आर्थिक अभियान
 

 

फोटो : सुनिल शर्मा / आर्थिक अभियान
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)