जेठ १, काठमाडौं । अहिले देशभर शुक्रवार सम्पन्न स्थानीय चुनावको मतगणना चलिरहेको छ ।
काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा चलिरहेको । लौरो चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहका कारण काठमाडौंको मतगणना झनै चासो बढेको छ ।
सभागृह भित्र मतपरिणाम सार्वजनिक गर्दा बालेनका समर्थकहरूले चर्को हुटिङ गर्छन् । उनीहरूको आवाज सुनेर सडक पेटिमा हिंडिरहेका व्यक्तिहरूसमेत यहाँ के हुँदैछ भनेर एक पटक हेरेर फर्किन्छन् ।
५५ जना मेयरका उम्मेदवार सहित सयौं जना उम्मेदवार र तिनका प्रतिनिधिले भरिएको सभागृह स्थल त्यो भन्दा बढी बालेनका समर्थकले भरिएको छ । उनीहरूलाई आफ्नो मन परेको वा मत दिएको उम्मेदवारले कति भोट ल्याउँछन् भन्ने मात्रै चिन्ता छ ।
तर सभागृह बाहिर भोटसँग सरोकार नभएपनि कति नोट कमाइ हुन्छ भन्ने चिन्ताले यताउता गर्नेहरूको भीड पनि बाक्लै छ । १० फोटोमा हेर्नुहोस सभागृह बाहिरको दृश्यहरू :
फोटो : सुनिल शर्मा आर्थिक अभियान
Chunab jasle jite pani ramro artha mantri aaos,yehi ho hamro chahana.