स्थानीय चुनावको कारण सुनसान बनेको काठमाडौं शहरमा पुनः लयमा फर्केको छ । चोक बजार र गल्लीहरुमा चहलपहल बढेको छ । सरकारी कार्यालयहरु खुले सँगै सेवाग्राहिहरुको भीड लागेको छ ।
चुनावको लागि खटिएका कर्मचारी फर्किने क्रम पनि जारी रहेको छ । बैंकहरु ,बन्द रहेका विद्यालयहहरु पनि मंगलवारदेखि सञ्चालनमा आएका छन् । सडकमा सवारी साधनहरुको चाप पनि बढेको छ भने बजारमा भीडभाड देखिन थालेको छ ।
फोटो सुनिल शर्मा/आर्थिक अभियान