काठमाडौंमा विरोध प्रदर्शनको लागि प्रख्यात ठाउँ हो माइतिघर मण्डला । त्यहाँ हरेक दिन जस्तो कुनै न कुनै समूहले केही न केही विषयमा आन्दोलन गरिरहेका हुन्छन् ।
अहिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध चर्कीएका विभिन्न समूहका आन्दोलनहरू माइतिघरमा भइरहेकै छन् ।
तर अहिले भने त्याहाँ एउटा भिन्न दृश्य पनि देखिएको छ । एक आम युवा आकाश बास्तोला विगत ३ दिनदेखि दिनभरी उभीएर मौन विरोध गरीरहेका छन् ।
यसरी एक्लै जनताका कुरा उठाउने हर्क सामपाङ राइ केहिदिन अघि मात्रै धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएका छन् । उनको विरोध गर्ने शैलीलाई काठमाडौमा पनि पच्छ्याइएको छ ।
बास्तोला अचेल हरेक दिन बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म छातिमा विरोधको कारण लेखिएका प्लेकार्ड भिरेर विरोध गरिरहेका छन् । वरपर राजनीतिक दलका संगठनले पनि विरोध गरिरहेका हुन्छन् । तर बास्तोला भने एक्लै मौन बसेर विरोध गरिरहेका हुन्छन् ।
कुनै राजनीतिक समूहभन्दा स्वतन्त्र व्यक्तिहरूको समूह भए मिलेर विरोध गर्ने बास्तोलाको भनाइ छ ।
फोटो : सुनिल शर्मा / आर्थिक अभियान