ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अध्ययनलाई व्यवहारमा प्रयोग गरी आय आर्जन गर्दै २१ वर्षिय सचिन*

२०७९ जेठ, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

जेठ १४, दोलखा । भीमेश्वर नगरपालिका - ४ का सचिन चौलागाई विहानै घर निजक रहेको लहलहाउँदो गोलभेडाको टनेलमा पुग्छन् ।

लटरम्म फलेको गोलभेडा देख्दा उनलाई लाग्छ बालिविज्ञान डिप्लोमा पढेको प्रतिफल यही हो । उनको दैनिकी गोलभेडाको स्याहार सुसार, फलेका फलको व्यवस्थापन तथा सदरमुकाम चरिकोटमा गोलभेडा पुरयाउनमै वित्छ । 

घर निजकै रहेको सर्वमावि जिलुबाट कृषि बालिविज्ञानमा डिप्लोमा पढेपछि साथीहरु कोही उच्च शिक्षा पढ्न लागे । केही जागिरको खोजिमा भौतांरिए तर सचिन भने सिकेको सिपबाट गाउँमैं केही गर्नु पर्छ भन्ने लागेकोले कृषि कर्ममै लाग्ने निधोमा पुगे ।

‘आखिर जे गरे पनि आयआर्जन गर्नु न हो । किन बेकार चारतिर भौंतारिने ?’, सचिनले भने, ‘जिलुको माटो मलिलो छ, मानिस मेहनति छन् अलिकति आधुनिक प्रविधिको प्रयोग गरी खेति गरे यहीं कृषि उपज बढाई मनग्य आम्दानी गर्न सकिने सोचका साथ तरकारीखेतिमा लाग्ने निधोमा पुगें ।’

२१ वर्षिय सचिन लाई पहिले गोलभेडा खेतिबाटै व्यवसायिक कृषि शुरु गर्न मन लाग्यो । आफु र आफन्तसँग र रहेको चार रोपनीमा गोलभेडा खेति शुरु गर्न टनेल बनाए । उन्नत विउ झिकाए । शुरु भयो उनको आधुनिक कृषि ।  

गत पुसबाट काम शुरु गरेका उनलाई स्थानीयले जागिर खान नसुझाएका पनि होइनन् । तर कृषकको छोरो अनि कृषिमा स्नातक गरेर सिप सिकेकोले जागीरतर्फ आफ्नो ध्यान नगई नमूना कृषक बनेर केही गरेर देखाउनका लागि आफूले कृषि पेशा शुरु गरेको सचिनले बताए । 

गोलभेडा खेतिमा टनेल निर्माण मल विउ किटनाशक औषधि सहित हालसम्म करीब ९ लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ । प्रोत्साहन स्वरुप वडाबाट २५ हजार रुपैयाँ आफूले सहयोग पाएको उनले बताए । तर प्रदेश तथा अन्य ठाउँबाट कृषककालागि आउने अनुदान पहुँचवाला गैह्र कृषकले मात्र पाउने गरेको उनको गुनासो छ । 

“अब उत्पादन शुरु भएको छ । विक्रिकोलागि पनि समस्या देखिएकोे छन । यो वर्ष २० लाख रुपैयाँ जतिको गोलभेडा विक्री हुने अनुमान गरको छु” सचिनले खुशी हुँदै भने, ‘आगामी दिनमा खेती गर्ने जमीन थपी बेमौसमी तरकारी खेति गर्छु । यसैबाट आमदानी गरेर स्थानीय स्तरमै राम्रैसँग काम गरे कमाउन अन्तजानु पर्दैन भन्ने सबैलाई देखाउन मन छ ।’

अलिहेको सचिनको काम गराईको तरिका देख्दा उनले कृषि स्नातकमा सिकेको ज्ञानलाई व्यवहारमा उतारिरहेको देखिन्छ । पढेर जागिरनै खानुपर्छ भन्ने मान्यतालाई नकार्दै उनले अध्ययनलाई व्यहारमा उतारेका छन् ।

उनले गरेको कामबाट अब अरुले पनि सिक्न जरुरी रहेको स्थानीय रमेस चौलागाईले बताए । 

*यसअघिको समाचारमा सचिन चौलागाई हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)