जेठ १८, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेलतिर तान्दै स्थानीयहरु । रातो मच्छिन्द्रनाथको रथजात्रा वैशाख २१ गते पुल्चोकबाट रथ तानेर शुरु भएको थियो । रथलाई जावलाखेलमा पुर्याएपछि यहि आउँदो २१ गते शनिवार भोटो देखाइनेछ ।
भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमै राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।
सुनिल शर्मा / आर्थिक अभियान