ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पानीको स्रोत सफा गर्दै यसरी मनाईयो सिथी नखः (फोटो फिचर)

२०७९ जेठ, २२  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

जेठ २२, काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले इनार, ढुंगेधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाइ गरेर आइतवार सिथी नखः चाड मनाएका छन् । 

जेष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप हरेक वर्ष सिथी नखः पर्व मनाइन्छ । सिथी नखः विशेष गरी मास मुगीका बारा (वः), चामलको पिठोको चटामरी, छोयला खाने र पानीका मुहान इनार, धारा सफा गर्ने पर्व हो । 

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीको दिन मनाइने चाडमा महादेवको जेठो छोरा कुमार कार्तिकेय जन्मेको दिन हुनाले यस दिनलाई कुमार षष्ठी पनि भनिन्छ । बिहान नुहाई धुहाई गरेर शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठहरुको पूजा गर्ने चलन छ । 

देवाली मनाउन नपाएकाहरु यसदिन कुलदेवताको पूजा गर्न जान्छन् । पर्वसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) शुरु हुने पर्वका रुपमा समेत लिने गरिन्छ । यस दिन बारा लगायतका परिकार खानाले शरीरमा तागत उत्पन्न हुने र बर्खायाममा धान खेती गर्न बल पुग्ने जनविश्वास छ । 

यो चाड लिच्छविकालदेखि मनाउने परम्परा शुरु भएको जनविश्वास छ । नखः ले परापूर्वकालदेखि पानीका मुहान सधैं सफा राख्नुपर्दछ, विशेष गरी वर्षाको बेला पानीका मुहान बढी दूषित हुने भएकाले सफा गरिनु पर्दछ भन्ने सन्देश दिन खोजेको छ ।

                                                                 तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)