ललितपुर महानगरपालिकाको प्राङ्गणमा ‘मेड इन ललितपुर एक्स्पो’ नामक तीन दिने घरेलु प्रदर्शनी सम्पन्न भएको छ ।
ललितपुर महानगरभित्रका उद्यमीहरुको प्रवर्द्धन तथा उत्पादन भएका सामग्रीहरूको बजारिकरण गर्न ललितपुर महानगरपालिका र नेपाल घरेलु तथा साना उद्योग महासंघ ललितपुर महानगरसमितिको संयुक्त प्रयासमा प्रदर्शनी आयोजना गरिएको हो ।
ललितपुर महानगरपालिकामा पहिलोपटक आयोजित यो प्रदर्शनीमा स्थानीयले उत्पादन गरेका र हातले बुनेका कपडा, नेपाली सिल्कबाट उत्पादित सामानहरु ,मूर्ति, काठका सामग्री, खाद्यान्न, नेवारी खानाका परिकारः बारा, यमरी, चकलेट, तितौरा, बेकरी आदि सामानहरुको करीब ५० स्टलहरु रहेका थिए ।
फोटो : सुनिल शर्मा /आर्थिक अभियान
प्रत्येक तिनमहिना एकपल्ट आयोजना गरिनु पर्छ । अझ सकिन्छ भने प्रत्येक महिना गर्नु उत्तम हो । प्रत्येक महिना गर्न सके चार बर्गमा बस्तुहरुलाइ बांडेर गर्दा बिशिष्टीकरण गर्न सकिने हुन्छ ।